२०८२, ५ माघ सोमबार

मधेश प्रदेश एमालेले डिजिटल प्लेटफर्म सार्वजनिक

मधेश प्रदेश एमालेले डिजिटल प्लेटफर्म सार्वजनिक

संगठन सुदृढीकरण र सूचना व्यवस्थापनमा आधुनिक युगको सुरुवात


मधेश प्रदेश । नेकपा (एमाले) मधेश प्रदेशले संगठन सुदृढीकरण र सूचना व्यवस्थापनलाई आधुनिक बनाउने उद्देश्यसहित नयाँ आधिकारिक वेबसाइट cpnumlmadhesh.org सार्वजनिक गरेको छ। उक्त वेबसाइट सोमबार जनकपुरमा प्रदेश अध्यक्ष चण्डेश्वर मण्डलले उद्घाटन गरेका छन्।

पार्टीका अनुसार यो साइट UML मधेश प्रदेशको दीर्घकालीन ‘डिजिटल रूपान्तरण परियोजना’को आधारभूत ढाँचा मानिन्छ। वेबसाइटमार्फत रियल–टाइम अपडेट, जनप्रतिनिधिहरूको विस्तृत प्रोफाइल, नीति–कार्यक्रमहरूको डिजिटल पहुँच, अनलाइन सदस्यता तथा स्वयंसेवक दर्ता सुविधा, जनगुनासो दर्ता प्रणाली तथा आठै जिल्लाका डिजिटल मिनी–साइट उपलब्ध हुनेछन्।

नेताहरूले नयाँ प्लेटफर्मलाई मधेशमा राजनीतिक टेक्नोलोजीको नयाँ युगको सुरुवातका रूपमा व्याख्या गर्दै यसले UMLलाई अझ संगठित, पारदर्शी, डेटा–आधारित र जनमुखी बनाउने बताए।

सार्वजनिक कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य अवदेश कामतसहित पार्टीका विभिन्न नेता तथा पत्रकारहरूको उपस्थिती रहेको थियो।

प्रकाशित मिति : २०८२, ८ मंसिर सोमबार  ६ : ३२ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा