२०८३, ८ भाद्र मंगलबार

मधेश प्रदेश एमालेले डिजिटल प्लेटफर्म सार्वजनिक

मधेश प्रदेश एमालेले डिजिटल प्लेटफर्म सार्वजनिक

संगठन सुदृढीकरण र सूचना व्यवस्थापनमा आधुनिक युगको सुरुवात


मधेश प्रदेश । नेकपा (एमाले) मधेश प्रदेशले संगठन सुदृढीकरण र सूचना व्यवस्थापनलाई आधुनिक बनाउने उद्देश्यसहित नयाँ आधिकारिक वेबसाइट cpnumlmadhesh.org सार्वजनिक गरेको छ। उक्त वेबसाइट सोमबार जनकपुरमा प्रदेश अध्यक्ष चण्डेश्वर मण्डलले उद्घाटन गरेका छन्।

पार्टीका अनुसार यो साइट UML मधेश प्रदेशको दीर्घकालीन ‘डिजिटल रूपान्तरण परियोजना’को आधारभूत ढाँचा मानिन्छ। वेबसाइटमार्फत रियल–टाइम अपडेट, जनप्रतिनिधिहरूको विस्तृत प्रोफाइल, नीति–कार्यक्रमहरूको डिजिटल पहुँच, अनलाइन सदस्यता तथा स्वयंसेवक दर्ता सुविधा, जनगुनासो दर्ता प्रणाली तथा आठै जिल्लाका डिजिटल मिनी–साइट उपलब्ध हुनेछन्।

नेताहरूले नयाँ प्लेटफर्मलाई मधेशमा राजनीतिक टेक्नोलोजीको नयाँ युगको सुरुवातका रूपमा व्याख्या गर्दै यसले UMLलाई अझ संगठित, पारदर्शी, डेटा–आधारित र जनमुखी बनाउने बताए।

सार्वजनिक कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य अवदेश कामतसहित पार्टीका विभिन्न नेता तथा पत्रकारहरूको उपस्थिती रहेको थियो।

प्रकाशित मिति : २०८२, ८ मंसिर सोमबार  ६ : ३२ बजे

कांग्रेसको बहिष्कारबीच थापाले जोगाए बागमतीको सत्ता, राप्रपाका ७ सांसद निर्णायक

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र