२०८३, ८ भाद्र मंगलबार

एमाले नेतामाथि दुर्व्यवहार : अनेरास्ववियुको कडा आपत्ति, सरकार अराजकताकै संरक्षक भएको आरोप

एमाले नेतामाथि दुर्व्यवहार : अनेरास्ववियुको कडा आपत्ति, सरकार अराजकताकै संरक्षक भएको आरोप


काठमाडौं । एमाले नेता भानुभक्त ढकाल र महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा गरिएको दुर्व्यवहारप्रति नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले कडा प्रतिक्रिया व्यक्त गरेको छ। संगठनले घटनालाई कानूनी राज्यमाथिको प्रत्यक्ष प्रहार र सरकारद्वारा प्रोत्साहित अराजक प्रवृत्तिको ज्वलन्त उदाहरणका रूपमा प्रस्तुत गरेको छ।

अध्यक्ष दीपक धामीद्वारा जारी विज्ञप्तिमा वर्तमान सरकारले “अलोकतान्त्रिक, असंवैधानिक र अराजकतामुखी शासन शैली” अपनाएको आरोप लगाउँदै यस्तो वातावरणले देशलाई खतरनाक दिशातर्फ धकेलिरहेको चेतावनी दिइएको छ। विज्ञप्तिमा भनिएको छ, “एमाले नेतामाथि भएको कायरतापूर्ण दुर्व्यवहार कुनै सामान्य घटना होइन, यो राज्य संरचनालाई बदनाम गर्ने नियोजित प्रयास हो। यस्ता कुकृत्य दोहोरिनु सरकारकै मौन सहमति र संरक्षणको परिणाम हो।”

धामीले घटनाले कानूनी शासनको उपहास भएको भन्दै सरकारले दमनकारी मानसिकता त्याग्न नसके अनेरास्ववियु कठोर प्रतिवादमा उत्रिने स्पष्ट चेतावनी दिएका छन्। संगठनका अनुसार शान्तिपूर्ण राजनीतिक कार्यक्रमका लागि यात्रा गर्दै गरेका नेतामाथि सार्वजनिक स्थलमै भएको दुर्व्यवहारले देशमा कोही पनि सुरक्षित छैन भन्ने भयावह सन्देश दिन खोजिएको छ।

अनेरास्ववियुले घटनाको घोर निन्दा गर्दै दोषीलाई कारवाही नगरे सरकार नै अराजकताका सबै घटनाको प्रत्यक्ष जिम्मेवार ठहरिने चेतावनी दिएको छ।

प्रकाशित मिति : २०८२, ७ मंसिर आईतबार  ८ : ०८ बजे

कांग्रेसको बहिष्कारबीच थापाले जोगाए बागमतीको सत्ता, राप्रपाका ७ सांसद निर्णायक

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र