२०८२, १४ पुस सोमबार

बाबुरामदेखि सन्तोष परियारसम्म: प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता घोषणा

बाबुरामदेखि सन्तोष परियारसम्म: प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता घोषणा


काठमाडौं । युद्धकालीन सारथि डा. बाबुराम भट्टराई र माओवादी पूर्वउपमहासचिव जनार्दन शर्मा पुनः एकैठाउँमा देखिएका छन्। उनीहरूसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व प्रमुख सचेतक सन्तोष परियार, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक दुर्गा सोब र अन्य नेताहरूले मिलेर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेको घोषणा भएको छ।

पार्टीको अध्यक्ष मण्डल ७ सदस्यीय रहने छ। यसमा सन्तोष परियार, माओवादीका पूर्व सांसद एवं पूर्वमन्त्री सुदन किराती, दुर्गा सोब, जेन-जी युवा तथा समावेशी प्रतिनिधित्व रहने छ। केही नेतासँग अझै कुरा भइरहेकाले उनीहरूको लागि पद खाली राखिएको छ।

पार्टीको केन्द्रीय सदस्य मण्डलमा १५१ सदस्य प्रस्ताव गरिएको छ। डा. भट्टराई संरक्षक रहनेछन् भने जनार्दन शर्मा, राम कार्की लगायतका नेताहरू नीति परिषदमा रहने जनाइएको छ।

प्रकाशित मिति : २०८२, ७ मंसिर आईतबार  २ : १९ बजे

रास्वपा र उज्यालो नेपालबीच एकता सहमति, हस्ताक्षर तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच

एमालेको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश, को-को समेटिए ?

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेश

सिंहदरबारमा जेनजी समूहको हुलदंगा

काठमाडौं । सरकार र जेनजीबीचको सम्झौता सिंहदरबारमै च्यात्ने समूहका युवाहरूले

बालेन-रवि मिलाउन कुलमानलाई ‘गाडीमै राखेर’ वार्तामा, सुदनको दबाब

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र

सात सचिवको सरुवा : गृह सचिव दंगाल हटाइए

काठमाडौं ।  सरकारले गृह सचिव रामेश्वर दंगाललाई तीन महिनामै हटाएर