२०८३, १९ आश्विन मंगलबार

विद्यालय बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

विद्यालय बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु


रौतहट । रौतहटमा विद्यालय बसको ठक्कर लागेर दुई वर्षीय बालकको दुःखद मृत्यु भएको छ।
माधवनारायण नगरपालिका–३ सखुआवास्थित ओम एकेडेमीको बसले जयनगर क्षेत्रमा शुक्रबार बिहान दुर्घटना गराएको हो।

दुर्घटनामा गरुडा नगरपालिका–१ जयनगरका रंजन साहका दुई वर्षीय छोरा आदित्य कुमार साह को घटनास्थलमै मृत्यु भएपछि परिवार र स्थानीयवासी मर्माहित बनेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार प्रदेश–३–००१ ख १७२६ नम्बरको विद्यालय बस जयनगरबाट मानपुरतर्फ जाँदै गर्दा बालकलाई ठक्कर दिएको थियो।

दुर्घटनापछि बस नियन्त्रणमा लिएपनि चालक फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
मृतक बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ।

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित मिति : २०८२, ५ मंसिर शुक्रबार  ४ : २० बजे

कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने

काठमाडौं । कांग्रेसको १५औं महाधिवेशनको आज (मंगलबार) तेस्रो दिन पनि

मौसममा फेरि बदली, पहाडदेखि हिमालसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायु र मनसुनी प्रणालीको प्रभावका कारण आज

डलर १५४ रुपैयाँ नाघ्यो, पाउन्ड २०४ नजिक

काठमाडौं । नेपाली रुपैयाँको तुलनामा प्रमुख विदेशी मुद्राको विनिमय दर

कांग्रेस महाधिवेशन : मतदाता संख्या ७ हजार ११४

काठमाडौंं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५औँ केन्द्रीय महाधिवेशनका

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले