२०८२, १२ पुस शनिबार

एनपीएलको आजको खेलमा पोखरा र सुदूरपश्चिम भिड्दै

एनपीएलको आजको खेलमा पोखरा र सुदूरपश्चिम भिड्दै


काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शुक्रबार) एउटा खेल हुँदैछ ।

शुक्रबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुने खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।

पोखरामा एभेन्जर्समा नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल कप्तान रहेका छन् भने सुदूरपश्चिम रोयल्समा राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरी कप्तान रहेका छन् ।

एनपीएलमा एकएक खेल खेलिसक्दा विराटनगर, सुदूरपश्चिम र लुम्बिनीले दुईदुई अंक जोडिसकेका छन् भने दुई खेल खेलेका काठमाण्डू र चितवनको समेत दुईदुई अंक छ । जनकपुर, पोखरा र कर्णाली भने अंकबिहीन छन् । पोखरा आज दुई अंक जोड्दै प्रतियोगितामा पुनरागमन चाहन्छ भने अघिल्लो सिजनको उपविजेता सुदूरपश्चिम दोस्रो जितको खोजीमा हुनेछ ।

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुँदै छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ । मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुने छ ।

एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन् । एनपीएलमा जनकपुर, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति : २०८२, ५ मंसिर शुक्रबार  १० : १९ बजे

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

आलितालमा जिप र अटो ठोक्किँदा एकको मृत्यु, एक घाइते

अमरगढी । जिल्लाको रामपुरमा शुक्रबार राति आलिताल गाउँपालिका–४ जाल्टुडामा जिप

सुदूरपश्चिम प्रदेश सभा बैठक अझै बस्न सकेन, पाँच विधेयक अलपत्र

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक जेनजी आन्दोलनपछि चार महिनासम्म बस्न

आज शनिबार, शनि देवको पूजा-आराधनामा श्रद्धालु

काठमाडौं । आज शनिबार परेकाले देशभर शनि देवको पूजा–आराधना गर्ने

शुक्रबारभन्दा घट्यो शनिबार बिहानको काठमाडौंको तापक्रम

काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा घटेको