२०८२, ५ मंसिर शुक्रबार

राष्ट्रिय सुरक्षामा नयाँ अध्याय: ओली आज ‘नेसनल भोलेन्टियर फोर्स’ उद्घाटन गर्दै

राष्ट्रिय सुरक्षामा नयाँ अध्याय: ओली आज ‘नेसनल भोलेन्टियर फोर्स’ उद्घाटन गर्दै


काठमाडौं । नेकपा एमाले आज पार्टीभित्र नीति, सिद्धान्त र नेतृत्वको सुरक्षालाई सुदृढ बनाउन नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) औपचारिक रूपमा घोषणा गर्न तयारी अवस्थामा छ।

माइतीघर मण्डलामा भेला भएर बानेश्वरसम्म मार्चपास गरिनेछ र त्यसपछि बबरमहलस्थित कार्की बैंक्वेटमा विशेष कार्यक्रममा फोर्सको उद्घाटन गरिनेछ। जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालका अनुसार समाजमा बढ्दो असुरक्षा, राजनीतिक अशान्ति तथा भदौ २३–२४ का घटनाले आम नागरिकको मनोबल खस्किएपछि एनभीएफ गठन अपरिहार्य भएको हो।

उनका अनुसार एनभीएफले राज्यका सुरक्षा निकायलाई सहयोग गर्ने, जनतालाई भय-आतङ्कबाट मुक्त गर्ने, प्राकृतिक प्रकोपमा उद्धार तथा राहतमा सक्रिय रहने जस्ता जनमूलक कार्यलाई प्राथमिकता दिनेछ। अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे औपचारिक रूपमा फोर्सको घोषणा गर्ने कार्यक्रम छ। एमालेले सुरक्षा संवेदनशीलता बढेको र अध्यक्ष ओलीलगायत शीर्ष नेताको सुरक्षा फिर्ता गरिएको अवस्थामा स्वेच्छिक फोर्स आवश्यक भएको दाबी गरेको छ। पार्टीले एनभीएफलाई प्रदेश र जिल्लास्तरमा समेत विस्तार गर्ने तयारी गरेको छ। संरचनामा एकजना कमाण्डर र दुईजना सहायक कमाण्डर रहने व्यवस्था मिलाइएको छ।

यसबीच, एमाले युवा नेता तथा पोलिटब्यूरो सदस्य महेश बस्नेतले एनभीएफलाई राष्ट्रका लागि समर्पित युवा शक्तिको ठूलो अभियानका रूपमा व्याख्या गर्दै भने “राष्ट्रका लागि, समाजका लागि, भविष्यका लागि-एनभीएफ देशभरका युवाहरू, समाजसेवीहरू र परिवर्तन चाहने सबैको साझा शक्ति हो। यो केवल भीड होइन, यो प्रतिबद्धता हो, राष्ट्रिय जागरणको संकेत हो। जब हजारौँ हात एउटै दिशामा उठ्छन्, राष्ट्रले नयाँ उचाइ छुन्छ।”

प्रकाशित मिति : २०८२, ५ मंसिर शुक्रबार  १० : ११ बजे

एनपीएलको आजको खेलमा पोखरा र सुदूरपश्चिम भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज

सर्लाहीमा ट्याक्टरले किचेर चार बर्षिय बालकको मृत्यु

मलंगवा । सर्लाहीमा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ

राष्ट्रिय सुरक्षामा नयाँ अध्याय: ओली आज ‘नेसनल भोलेन्टियर फोर्स’ उद्घाटन गर्दै

काठमाडौं । नेकपा एमाले आज पार्टीभित्र नीति, सिद्धान्त र नेतृत्वको

एमाले महाधिवेशनको तयारी : सचिवालयको नेतृत्व पोखरेल, सुब्बा र भट्टराईलाई

काठमाडौं । नेकपा एमालेले आफ्नो आगामी महाधिवेशनको तयारीका लागि विभिन्न

एमालेको सचिवालय बैठक: संसद पुनर्स्थापनाको आवश्यकता पुष्टि

काठमाडौं । नेकपा एमालेले संसद पुनर्स्थापनाको आवश्यकता अझ स्पष्ट भएको