२०८३, ११ कार्तिक बुधबार

एमाले महाधिवेशनको तयारी : सचिवालयको नेतृत्व पोखरेल, सुब्बा र भट्टराईलाई

एमाले महाधिवेशनको तयारी : सचिवालयको नेतृत्व पोखरेल, सुब्बा र भट्टराईलाई


काठमाडौं । नेकपा एमालेले आफ्नो आगामी महाधिवेशनको तयारीका लागि विभिन्न उपसमितिहरू गठन गर्दै महाधिवेशनको सञ्चालनको जिम्मेवारी तोकेको छ। बिहीबार बसेको सचिवालय बैठकले महासचिव शंकर पोखरेललाई महाधिवेशन सचिवालयको संयोजक बनाउने निर्णय गरेको छ।

सचिवालयमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव योगेश भट्टराई सदस्य रहनेछन्। बैठकले महाधिवेशनको प्रत्येक पक्ष व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक समितिहरू गठन गरेको छ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार प्रतिनिधि व्यवस्थापन समितिको संयोजक काशीनाथ अधिकारी र सचिव माधव ढुंगेल, आर्थिक समितिको संयोजक विष्णु रिमाल, जनपरिचालन समितिको संयोजक ज्ञवाली र सचिव राजन भट्टराई, आवास व्यवस्थापन समितिको संयोजक छविलाल विश्वकर्मा र सचिव लालबाबु पण्डित रहेका छन्।

त्यसैगरी, खाद्य व्यवस्थापनमा लेखराज भट्ट र भीष्म अधिकारी, यातायात व्यवस्थापनमा गोकर्ण विष्ट र रचना खड्का, अतिथि सत्कारमा रघुवीर महासेठ र महेश बर्तौला, प्रचार-प्रसारमा पद्मा अर्याल र राजेन्द्र गौतम, स्वयंसेवक परिचालनमा भानुभक्त ढकाल र विनोद पाण्डे, मञ्च व्यवस्थापनमा विनोद श्रेष्ठ र लोकबहादुर भण्डारी नियुक्त गरिएको छ।

बैठकले महाधिवेशनलाई सुरक्षित, व्यवस्थित र सफल बनाउने प्रतिबद्धता व्यक्त गर्दै सबै समितिलाई पूर्ण जिम्मेवारीसहित अगाडि बढ्न निर्देशन दिएको छ।

प्रकाशित मिति : २०८२, ४ मंसिर बिहीबार  १० : १९ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता