२०८२, १४ पुस सोमबार

एमालेको सचिवालय बैठक: संसद पुनर्स्थापनाको आवश्यकता पुष्टि

एमालेको सचिवालय बैठक: संसद पुनर्स्थापनाको आवश्यकता पुष्टि


काठमाडौं । नेकपा एमालेले संसद पुनर्स्थापनाको आवश्यकता अझ स्पष्ट भएको निष्कर्ष निकालेको छ। बिहीबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले पछिल्ला घटनाहरू, विशेष गरी बाराको सिमरा घटनाले सरकारको प्रतिशोधपूर्ण कार्यप्रणाली पुष्टि गरेको र प्रतिनिधिसभा पुनर्स्थापनाको सान्दर्भिकता बढाएको ठहर गरेको छ।

उपमहासचिव प्रदीप ज्ञवालीले सरकार निर्वाचनको वातावरण सिर्जना गर्न असमर्थ रहेको, नेताहरूलाई निषेध गर्ने र सभा बिथोल्ने गतिविधिहरूले प्रतिशोधको बाटो अघि बढेको प्रमाणित भएको बताए। उनले भने, “सरकारको यी कदमहरूले लोकतान्त्रिक प्रक्रिया कमजोर पार्ने प्रयास मात्र गर्छ, संसद पुनर्स्थापनाको आवश्यकता अझ बढेको छ।”

बैठकले निर्वाचनको वातावरण बनाउन तथा लोकतन्त्रको रक्षा गर्न एमालेले आवश्यक सबै कदम चाल्ने निर्णय गरेको छ।

प्रकाशित मिति : २०८२, ४ मंसिर बिहीबार  १० : १० बजे

उज्यालो नेपाल रास्वपामा विलय, कुलमान उपसभापति

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल

रास्वपा र उज्यालो नेपालबीच एकता सहमति, हस्ताक्षर तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच

एमालेको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश, को-को समेटिए ?

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेश

सिंहदरबारमा जेनजी समूहको हुलदंगा

काठमाडौं । सरकार र जेनजीबीचको सम्झौता सिंहदरबारमै च्यात्ने समूहका युवाहरूले

बालेन-रवि मिलाउन कुलमानलाई ‘गाडीमै राखेर’ वार्तामा, सुदनको दबाब

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र