२०८३, २० जेष्ठ बिहीबार

राष्ट्रपतिलाई २३ जेनजी समूहको ज्ञापन, माग पुरा नभएर सरकारलाई फिर्ता बोलाउने चेतावनी

राष्ट्रपतिलाई २३ जेनजी समूहको ज्ञापन, माग पुरा नभएर सरकारलाई फिर्ता बोलाउने चेतावनी


काठमाडौं । विभिन्न नामका २३ जेनजी समूहहरुले आज राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएका छन्। उक्त ज्ञापनपत्रमा सो समूहहरूले प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीको लागि संविधान संसोधन गर्नुपर्ने लगायत ५ बुँदे माग राखेका छन्।

ज्ञापनपत्रमा भनिएको छ, “जेनजी विद्रोहको आधारमा बनेको सरकारले केवल एक पटक चुनाव मात्रै गराउने सहमति व्यक्त गर्न सक्दैन। सरकारले दिशाहीन भएको आरोप लगाउँदै, यो विद्रोह र शहादत केवल चुनावका लागि मात्र नभएको हाम्रो धारणा हो।” यसैगरी, उनीहरूले सरकारलाई तत्काल माग पूरा गर्न आग्रह गरेका छन्।

यि समूहहरूले थप भनेका छन्, “विद्रोह र शहादत केवल चुनावका लागि मात्रै होइन। यसमा संलग्न २३ जेनजी एलाइन्स, घाइते र शहीद परिवारका माग तत्काल सम्बोधन गर्न आवश्यक छ।” यदि सरकारले उनीहरूको माग पूरा गर्न नसकेमा, उनीहरूले सरकारलाई फिर्ता बोलाएर नयाँ नेतृत्वमा नयाँ सरकार गठन गर्न राष्ट्रपतिको मध्यस्थता माग गरेका छन्।

साथै, यदि सरकारले माग पूरा नगरेको खण्डमा, अर्को शान्तिपूर्ण आन्दोलन र दवाब कार्यक्रम गर्ने चेतावनीसमेत दिएका छन्। ज्ञापनपत्र बुझाउनेमा जेनजी नेसनल फ्रन्ट लाइनर, जेनजीसी स्पार्क, एन टेक जेनजी, ऋणइी एसोसिएसन नेपाल, जेनजी वाइ युनाइटेड, रियल जेनजी लगायतका समूहहरू छन्।

उनीहरूले ज्ञापनपत्रमा यससमेत माग गरेका छन् कि, मुलुकमा भएका ठूला भ्रष्टाचारका प्रकरणमा संलग्नलाई कारवाही, जेनजी आन्दोलनमा नरसंहार गर्नेलाई कानूनी कारवाही, घाइतेहरुको उचित उपचार र शहीद परिवारको क्षतिपूर्ति र भरणपोषणको व्यवस्था गर्नुपर्नेछ।

यस घटनाले देशको राजनीतिक स्थिरता र सरकारको जिम्मेवारीबारे नयाँ बहस र कदम आवश्यक भएको देखिन्छ।

प्रकाशित मिति : २०८२, ४ मंसिर बिहीबार  ३ : ०१ बजे

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति

राष्ट्रिय सभा बैठकमा विपक्षीको अवरोध, सीमासम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको भनिएको सीमासम्बन्धी अभिव्यक्तिलाई

नेकपाका वडा अध्यक्ष रास्वपामा प्रवेश, जयपृथ्वीमा राजनीतिक तरंग

बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर ७ मा राजनीतिक हलचल

मन्त्रिपरिषद्का ४ महत्वपूर्ण निर्णय सार्वजनिक, वातावरणदेखि सुरक्षा र भूमि व्यवस्थापनसम्म

काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकमार्फत चार महत्वपूर्ण निर्णय