२०८२, १४ पुस सोमबार

एमालेको सचिवालय बैठक च्यासलमा सुरु, महाधिवेशन तयारीमा जोड

एमालेको सचिवालय बैठक च्यासलमा सुरु, महाधिवेशन तयारीमा जोड


काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ। यो बैठक केही समयअघि मात्र सुरु भएको हो र पार्टीको महाधिवेशन तयारी र अन्य महत्त्वपूर्ण विषयहरूमा छलफल गर्न आयोजना गरिएको हो।

केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, यो बैठकले महाधिवेशनको तयारीका लागि आवश्यक निर्णयहरू लिनेछ। उहाँले भन्नुभयो, “बैठकले महाधिवेशनको तयारीका लागि उपसमितिहरू गठन गर्ने, कार्यक्रम तय गर्ने र अन्य आवश्यक निर्णयहरू गर्नेछ।”

जेनजी आन्दोलनको क्रममा जलेको पार्टी कार्यालयको मर्मतपछि यो पहिलोपटक सचिवालय बैठक भएको हो। हाल च्यासलको कार्यालय आंशिक रुपमा सञ्चालनमा आएको छ र बैठकमा पार्टीका वरिष्ठ नेता, पदाधिकारी र सचिवालय सदस्यहरू सहभागी भएका छन्।

यो बैठक पार्टीको संगठनिक रुपमा थप मजबुत बनाउने, महाधिवेशनको तयारी पूर्णता दिलाउने र पार्टीको रणनीति तय गर्ने मुख्य उद्देश्य राखिएको छ।

प्रकाशित मिति : २०८२, ४ मंसिर बिहीबार  २ : ४३ बजे

उज्यालो नेपाल रास्वपामा विलय, कुलमान उपसभापति

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल

रास्वपा र उज्यालो नेपालबीच एकता सहमति, हस्ताक्षर तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच

एमालेको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश, को-को समेटिए ?

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेश

सिंहदरबारमा जेनजी समूहको हुलदंगा

काठमाडौं । सरकार र जेनजीबीचको सम्झौता सिंहदरबारमै च्यात्ने समूहका युवाहरूले

बालेन-रवि मिलाउन कुलमानलाई ‘गाडीमै राखेर’ वार्तामा, सुदनको दबाब

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र