२०८२, ६ माघ मंगलबार

आजदेखि कांग्रेस केन्द्रीय समिति बैठकः महाधिवेशन स्थल र मितिबारे छलफल हुने

आजदेखि कांग्रेस केन्द्रीय समिति बैठकः महाधिवेशन स्थल र मितिबारे छलफल हुने


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको छ।

यस बैठकको प्रमुख एजेन्डा पार्टीको १५ औं महाधिवेशनको मिती र स्थानबारे छलफल गर्न हो। यसअघि, असोज २८ गतेबाट शुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक महाधिवेशन केन्द्रित थियो, तर निष्कर्षमा पुग्न नसकेर बैठक स्थगित गरिएको थियो। अब, बैठक फेरि आज बस्न लागेको हो र यसमा महाधिवेशनको मिति र स्थलबारे थप छलफल हुने अपेक्षा गरिएको छ।

पार्टीमा महाधिवेशनको मितिबारे एकमत नहुँदा यस विषयमा थप छलफलका लागि बैठकलाई एक साता स्थगित गरिएको थियो। बिहीबारसम्म केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूले महाधिवेशनका लागि विभिन्न सुझावहरू दिएका थिए।

कात्तिक १९ गतेको बैठकमा महामन्त्री गगन थापाले महाधिवेशन पुस १६ देखि १९ गतेसम्म गर्नुपर्ने कार्यतालिका प्रस्तुत गरेका थिए। त्यस्तै, सहमहामन्त्री महेन्द्र यादवले महाधिवेशनलाई २०८३ वैशाख २७ देखि ३० गतेसम्म गर्ने प्रस्ताव पेश गरेका थिए। यी दुवै प्रस्तावका पक्ष र विपक्षमा केन्द्रीय समितिमा छलफल र सुझावहरूको आदानप्रदान भइरहेको छ।

facebook sharing button
messenger sharing button
whatsapp sharing button
twitter sharing button
sharethis sharing button

प्रकाशित मिति : २०८२, ४ मंसिर बिहीबार  ७ : ४३ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा