२०८२, ३ मंसिर बुधबार

कर्फ्यूका कारण एमालेको जनप्रदर्शन स्थगित, युवा भेला परवानीपुरमै जारी

कर्फ्यूका कारण एमालेको जनप्रदर्शन स्थगित, युवा भेला परवानीपुरमै जारी


सिमरा । बारामा जारी कर्फ्यूका बीच पनि एमाले युवाहरूको प्रदेश भेला परवानीपुरमा जारी रहेको एमाले नेता किसान श्रेष्ठले बताएका छन्। महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने तय भए पनि सिमरामा उत्पन्न तनाव र कर्फ्यूका कारण कार्यक्रम सामान्य रूपमा सञ्चालन गरिने तयारी भएको उनले बताए।

यसैबीच, विमानस्थलमा जेन-जी समूहको विरोध प्रदर्शनका कारण बुद्ध एयरको उडान प्रभावित भएपछि पोखरेलसहितका नेताहरू काठमाडौंमै रोकिएका छन्। कर्फ्यूका कारण जनप्रदर्शन स्थगित गरिएको श्रेष्ठले बताए। उनका अनुसार विभिन्न स्थानबाट प्रदर्शनका लागि अघि बढेका एमाले कार्यकर्ता, समर्थक र शुभचिन्तक बाटैमा रोकिएका छन्।
“पाँच हजार मान्छे बाटैमा छन्, उनीहरूलाई फर्किन भनिएको छ,” श्रेष्ठले जानकारी दिए।

यद्यपि, परवानीपुरस्थित डीएभी स्कुलनजिकै रहेको चयनपुर चौरमा दुई हजारभन्दा बढी कार्यकर्ता भेला भइसकेका छन्। स्थल मुख्य सडकनजिकै भएकाले उच्च सतर्कताकाबीच कार्यक्रम सञ्चालन गर्ने र भेला समापन गर्ने तयारी भइरहेको श्रेष्ठले बताए।

मधेशका आठै जिल्लाबाट एक हजारभन्दा बढी सहभागी भेला स्थलगत कार्यक्रमका लागि पुगेका छन्।

प्रकाशित मिति : २०८२, ३ मंसिर बुधबार  २ : २६ बजे

कर्फ्यूका कारण एमालेको जनप्रदर्शन स्थगित, युवा भेला परवानीपुरमै जारी

सिमरा । बारामा जारी कर्फ्यूका बीच पनि एमाले युवाहरूको प्रदेश

शंकर र महेश बस्नेतलाई रोक्न सिमरा एयरपोर्टमा जेनजीको प्रदर्शन

बारा । नेकपा एमालेका युवा नेता महेश बस्नेत र अन्य

सिमरा विमानस्थलमा एमाले र जेन जीका युवाबीच झडप

बारा । बाराको सिमरा विमानस्थलमा नेकपा एमालेका युवा नेता महेश

सिराहामा डाँका आक्रमण : बुबा-छोरा गम्भीर घाइते

जनकपुरधाम । सिराहाको कल्याणपुर नगरपालिका वडा नं. १२ बेलहा क्षेत्रमा

सर्वोच्चको आदेशले मधेश प्रदेश राजनीतिक अन्योलमा

जनकपुर । मुख्यमन्त्री नियुक्तिसम्बन्धी रिटमा सर्वोच्च अदालतले मंगलबार जारी गरेको