२०८३, ८ भाद्र मंगलबार

कर्फ्यूका कारण एमालेको जनप्रदर्शन स्थगित, युवा भेला परवानीपुरमै जारी

कर्फ्यूका कारण एमालेको जनप्रदर्शन स्थगित, युवा भेला परवानीपुरमै जारी


सिमरा । बारामा जारी कर्फ्यूका बीच पनि एमाले युवाहरूको प्रदेश भेला परवानीपुरमा जारी रहेको एमाले नेता किसान श्रेष्ठले बताएका छन्। महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने तय भए पनि सिमरामा उत्पन्न तनाव र कर्फ्यूका कारण कार्यक्रम सामान्य रूपमा सञ्चालन गरिने तयारी भएको उनले बताए।

यसैबीच, विमानस्थलमा जेन-जी समूहको विरोध प्रदर्शनका कारण बुद्ध एयरको उडान प्रभावित भएपछि पोखरेलसहितका नेताहरू काठमाडौंमै रोकिएका छन्। कर्फ्यूका कारण जनप्रदर्शन स्थगित गरिएको श्रेष्ठले बताए। उनका अनुसार विभिन्न स्थानबाट प्रदर्शनका लागि अघि बढेका एमाले कार्यकर्ता, समर्थक र शुभचिन्तक बाटैमा रोकिएका छन्।
“पाँच हजार मान्छे बाटैमा छन्, उनीहरूलाई फर्किन भनिएको छ,” श्रेष्ठले जानकारी दिए।

यद्यपि, परवानीपुरस्थित डीएभी स्कुलनजिकै रहेको चयनपुर चौरमा दुई हजारभन्दा बढी कार्यकर्ता भेला भइसकेका छन्। स्थल मुख्य सडकनजिकै भएकाले उच्च सतर्कताकाबीच कार्यक्रम सञ्चालन गर्ने र भेला समापन गर्ने तयारी भइरहेको श्रेष्ठले बताए।

मधेशका आठै जिल्लाबाट एक हजारभन्दा बढी सहभागी भेला स्थलगत कार्यक्रमका लागि पुगेका छन्।

प्रकाशित मिति : २०८२, ३ मंसिर बुधबार  २ : २६ बजे

कांग्रेसको बहिष्कारबीच थापाले जोगाए बागमतीको सत्ता, राप्रपाका ७ सांसद निर्णायक

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र