२०८२, १४ पुस सोमबार

प्रधानमन्त्री कार्की आज दलका नेतासँग छलफल गर्दै, चुनाव तयारी मुख्य एजेन्डा

प्रधानमन्त्री कार्की आज दलका नेतासँग छलफल गर्दै, चुनाव तयारी मुख्य एजेन्डा


काठमाडौं । आगामी चुनावबारे प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलका नेताहरूसँग आज संयुक्त छलफल गर्ने भएकी छन्। छलफल अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा हुनेछ।

फागुन २१ गतेका लागि तय गरिएको चुनावका लागि दल दर्ता प्रक्रिया चलिरहेका बेला सहभागितासम्बन्धी आवश्यक समन्वय तथा अपिल प्रक्रियाबारे प्रधानमन्त्रीले सबै दलसँग एकैपटक परामर्श गर्न लागेकी हुन्, उनका सचिवालयले जनाएको छ।

यसअघि प्रधानमन्त्री कार्कीले विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका दलहरूसँग छुट्टै छलफल गरिसकेकी छन्। उनले जेनजी समूहका प्रतिनिधिहरूसँग पनि पृथक रूपमा संवाद गरेकी थिइन्।

प्रकाशित मिति : २०८२, ३ मंसिर बुधबार  ८ : ३३ बजे

बालेन-रवि मिलाउन कुलमानलाई ‘गाडीमै राखेर’ वार्तामा, सुदनको दबाब

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र

सात सचिवको सरुवा : गृह सचिव दंगाल हटाइए

काठमाडौं ।  सरकारले गृह सचिव रामेश्वर दंगाललाई तीन महिनामै हटाएर

रास्वपा केन्द्रीय समितिद्वारा रवि-बालेन सहमति अनुमोदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख

जेन-जी घटनामा बयान दिन सिंहदरबार पुगे रमेश लेखक

काठमाडौं । तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक जेन-जी

जसपा फुट्यो : रेणु यादव उपेन्द्रसँग फर्किन्

काठमाडौं । जसपा नेपालबाट फुटेर जसपा खोलेका अशोक राईको पार्टी