२०८३, १२ कार्तिक बिहीबार

मधेश प्रदेशसभा बैठक आज, सभामुखविरुद्ध दर्ता प्रस्तावमाथि छलफल

मधेश प्रदेशसभा बैठक आज, सभामुखविरुद्ध दर्ता प्रस्तावमाथि छलफल


जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध पदअनुकूल आचरण नगरेको भन्दै दर्ता भएको प्रस्तावमाथि छलफल गर्न आज प्रदेशसभा बैठक बस्दैछ। प्रदेश सभा सचिवालयका अनुसार बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको छ।

बैठकमा सहभागी हुन प्रदेशसभा सचिवालयले सामाजिक सञ्जाल समूहमार्फत सूचना पठाएको छ। कात्तिक २७ गते सात दलीय गठबन्धनका ६४ जना सांसदले सभामुख मण्डलविरुद्ध प्रस्ताव दर्ता गराएका थिए, जसको एक साताभित्र सदनमा छलफल गर्नुपर्ने कानुनी व्यवस्था छ।

उपसभामुख बबिता राउत ईशरको निर्देशनमा बैठक बोलाइएको हो। सात दलका ३२ प्रदेश सांसदले मंगलबार नै बैठक बोलाउन उपसभामुखलाई ज्ञापनपत्र बुझाएका थिए।

प्रकाशित मिति : २०८२, ३ मंसिर बुधबार  ८ : २४ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता