काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले भदौ २३ र २४ का घटनालाई नियोजित रूपमा गराइएर देशलाई गम्भीर प्रतिगमनको चक्रमा धकेलिएको टिप्पणी गर्नुभएको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार विघटित संसदीय दलको बैठकमा सम्बोधन गर्दै पौडेलले भने, “भदौ २३ र २४ का घटनाबाट संविधानमाथि प्रत्यक्ष आक्रमण भयो, देशलाई प्रतिगमनतर्फ धकेलिएको छ। यसको विरुद्ध दृढतापूर्वक उभिनु आजको ऐतिहासिक जिम्मेवारी हो।”
उनले प्रतिनिधि सभा पुनर्स्थापना आन्दोलनलाई यही प्रतिगमनविरुद्धको संघर्षसँग जोड्दै दलभित्र एकता, अनुशासन र स्पष्ट राजनीतिक दिशासहित आन्दोलनलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।






प्रतिक्रिया