२०८२, १७ चैत्र बुधबार

एमाले केन्द्रीय संगठन विभागको बैठक आज च्यासलमा सम्पन्न

एमाले केन्द्रीय संगठन विभागको बैठक आज च्यासलमा सम्पन्न


काठमाडौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागको बैठक आज च्यासलस्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ। विभाग प्रमुख काशीनाथ अधिकारीको अध्यक्षतामा बसेको बैठकमा आगामी एघारौँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियासम्बन्धी तयारी, मापदण्ड र कार्यविधिबारे विस्तृत छलफल गरिएको विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिए।

बैठकले मंसिर १३ भित्र सर्वसम्मत रूपमा वा आवश्यक परे मतदानमार्फत प्रतिनिधि छनोट कार्य टुंग्याउन निर्देशन दिएको छ। साथै, चयन भएका प्रतिनिधिहरूको विवरण मंसिर १५ भित्र पार्टी केन्द्रीय कार्यालयमा अनिवार्य रूपमा बुझाउनुपर्ने निर्णय गरिएको छ।

नेकपा (एमाले)को एघारौँ महाधिवेशन आगामी मंसिर २७ गतेदेखि काठमाडौंमा सुरु हुनेछ।

प्रकाशित मिति : २०८२, २ मंसिर मंगलबार  ३ : ४८ बजे

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका