२०८३, ६ कार्तिक शुक्रबार

एनपीएलमा आज दुई रोमाञ्चक खेल

एनपीएलमा आज दुई रोमाञ्चक खेल


काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणअन्तर्गत आज दुई खेल हुने भएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहान ११:४५ बजे चितवन राइनोज र कर्णाली याक्स आमनेसामने हुनेछन् । दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन् ।

चितवनलाई कुशल मल्लले नेतृत्व गर्नेछन् भने कर्णालीको कप्तानी सोमपाल कामीले सम्हाल्नेछन् । विराटनगरको नेतृत्व सन्दीप लामिछानेका हातमा रहनेछ भने पोखराका कप्तान कुशल भुर्तेल हुनेछन् । गत संस्करणमा चितवन र कर्णालीबीच भएका दुवै खेल कर्णालीले जितेको थियो । त्यसैगरी विराटनगर र पोखराबीचको खेलमा पोखरा विजयी भएको थियो । यस संस्करणमा पनि चारै टोली सुखद सुरुआतको लक्ष्यसहित मैदान उत्रनेछन् ।

यसअघि सोमबार भएको खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको थियो । क्यानद्वारा आयोजित प्रतियोगिताको फाइनल मंसिर २७ मा हुनेछ भने विजेताले रु एक करोड १० लाख प्राप्त गर्नेछ । सबै खेल अनलाइनखबर डटकममार्फत लाइभ प्रसारण हुनेछ ।

प्रकाशित मिति : २०८२, २ मंसिर मंगलबार  ८ : ४५ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट