२०८२, ५ माघ सोमबार

काठमाडौं उपत्यकामा युथ फोर्स गठन,अराजकता फैलाउन खोज्ने कसैलाई पनि नछोड्ने : प्रमुख थापा

काठमाडौं उपत्यकामा युथ फोर्स गठन,अराजकता फैलाउन खोज्ने कसैलाई पनि नछोड्ने : प्रमुख थापा


काठमाडौं । काठमाडौं उपत्यकामा लामो समयपछि युथ फोर्स गठन गरिएको छ। राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अनुशासन आयोग सदस्य शिव थापाको नेतृत्वमा गठन भएको यो संरचना उपत्यकाभर नयाँ ऊर्जा र कडाइका साथ सक्रिय हुने भएको छ।

प्रमुख थापाले भने, “जेनजीको नाममा उपत्यकामा अराजकता फैलाउन खोज्ने कसैलाई पनि युथ फोर्सले अब नछोड्ने, कानून, अनुशासन र सुरक्षामा खिल्ली उडाउने तत्वहरूलाई सशक्त रूपमा नियन्त्रण गरी कानुनी कठघरामा ल्याइनेछ।” उपत्यकामा केही समययता ‘जेनजी झोले’, ‘युवा क्रान्ति’, बालेनइजम , ‘ट्रेन्ड’ जस्ता समूहले अराजकता र असामाजिक गतिविधिलाई प्रोत्साहित गर्ने प्रयास गर्दै आएका छन्। थापाले जोड दिए, “युवाको ऊर्जा राष्ट्र निर्माणमा लाग्नुपर्छ, सडकमा गुन्डागर्दी र दङ्गा गर्न होइन। एमाले नेतृत्वको राष्ट्रवादी राजनीतिको विरोधमा प्रयोग भइरहेका तत्वहरूलाई अब युथ फोर्सले नियन्त्रण गर्नेछ।” उनका अनुसार उपत्यकामा तीनै जिल्लामा कमाण्ड संरचना, सुरक्षा समन्वय टिम र संगठन विस्तारको काम अघि बढाइने छ।

थापाले भने, “युथ फोर्स कडा हुनेछ, तर अनुशासित हुनेछ। कसैलाई अनावश्यक धपेडी हुँदैन, तर समाजविरोधी गतिविधि देखियो भने कानुनी र संगठनात्मक दुवै कडाइका साथ कदम चालिनेछ।” उपत्यकामा युवा संघ र युथ फोर्सको सक्रियता बढ्नु एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वप्रति युवाहरूको विश्वास बढ्दै गएको स्पष्ट संकेतको रूपमा हेरिएको छ। ओलीले निरन्तर युवालाई राष्ट्रनिर्माण, विकास र राष्ट्रियताको अग्रपंक्तिमा उभ्याउने नीति अघि सारेका छन्। यही कारणले उपत्यकामा युवाहरू उत्साहित छन्, संगठन सशक्त बनेको छ र विरोधीहरू त्रसित बनेको राजनीतिक विश्लेषकहरूले टिप्पणी गरेका छन्।

थापाका अनुसार “हामी देश बनाउन निस्किएका हौं। उपत्यकामा शान्ति, सुरक्षा र राजनीतिक स्थिरता भंग गर्ने तत्वहरूलाई युथ फोर्सले अब छुट दिनेछैन। युवालाई राष्ट्रप्रतिको कर्तव्य सम्झाउँदै अग्रभागमा उभ्याउनु नै हाम्रो लक्ष्य हो।”

प्रकाशित मिति : २०८२, १ मंसिर सोमबार  १० : ५७ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा