२०८३, ११ असार शुक्रबार

काठमाडौं उपत्यकामा युथ फोर्स गठन,अराजकता फैलाउन खोज्ने कसैलाई पनि नछोड्ने : प्रमुख थापा

काठमाडौं उपत्यकामा युथ फोर्स गठन,अराजकता फैलाउन खोज्ने कसैलाई पनि नछोड्ने : प्रमुख थापा


काठमाडौं । काठमाडौं उपत्यकामा लामो समयपछि युथ फोर्स गठन गरिएको छ। राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अनुशासन आयोग सदस्य शिव थापाको नेतृत्वमा गठन भएको यो संरचना उपत्यकाभर नयाँ ऊर्जा र कडाइका साथ सक्रिय हुने भएको छ।

प्रमुख थापाले भने, “जेनजीको नाममा उपत्यकामा अराजकता फैलाउन खोज्ने कसैलाई पनि युथ फोर्सले अब नछोड्ने, कानून, अनुशासन र सुरक्षामा खिल्ली उडाउने तत्वहरूलाई सशक्त रूपमा नियन्त्रण गरी कानुनी कठघरामा ल्याइनेछ।” उपत्यकामा केही समययता ‘जेनजी झोले’, ‘युवा क्रान्ति’, बालेनइजम , ‘ट्रेन्ड’ जस्ता समूहले अराजकता र असामाजिक गतिविधिलाई प्रोत्साहित गर्ने प्रयास गर्दै आएका छन्। थापाले जोड दिए, “युवाको ऊर्जा राष्ट्र निर्माणमा लाग्नुपर्छ, सडकमा गुन्डागर्दी र दङ्गा गर्न होइन। एमाले नेतृत्वको राष्ट्रवादी राजनीतिको विरोधमा प्रयोग भइरहेका तत्वहरूलाई अब युथ फोर्सले नियन्त्रण गर्नेछ।” उनका अनुसार उपत्यकामा तीनै जिल्लामा कमाण्ड संरचना, सुरक्षा समन्वय टिम र संगठन विस्तारको काम अघि बढाइने छ।

थापाले भने, “युथ फोर्स कडा हुनेछ, तर अनुशासित हुनेछ। कसैलाई अनावश्यक धपेडी हुँदैन, तर समाजविरोधी गतिविधि देखियो भने कानुनी र संगठनात्मक दुवै कडाइका साथ कदम चालिनेछ।” उपत्यकामा युवा संघ र युथ फोर्सको सक्रियता बढ्नु एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वप्रति युवाहरूको विश्वास बढ्दै गएको स्पष्ट संकेतको रूपमा हेरिएको छ। ओलीले निरन्तर युवालाई राष्ट्रनिर्माण, विकास र राष्ट्रियताको अग्रपंक्तिमा उभ्याउने नीति अघि सारेका छन्। यही कारणले उपत्यकामा युवाहरू उत्साहित छन्, संगठन सशक्त बनेको छ र विरोधीहरू त्रसित बनेको राजनीतिक विश्लेषकहरूले टिप्पणी गरेका छन्।

थापाका अनुसार “हामी देश बनाउन निस्किएका हौं। उपत्यकामा शान्ति, सुरक्षा र राजनीतिक स्थिरता भंग गर्ने तत्वहरूलाई युथ फोर्सले अब छुट दिनेछैन। युवालाई राष्ट्रप्रतिको कर्तव्य सम्झाउँदै अग्रभागमा उभ्याउनु नै हाम्रो लक्ष्य हो।”

प्रकाशित मिति : २०८२, १ मंसिर सोमबार  १० : ५७ बजे

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,

रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा