२०८२, २३ मंसिर मंगलबार

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर


काठमाडौं । बंगलादेशको अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै सजाय सुनाएको छ। इन्टरनेसनल क्राइम ट्रिब्यूनलले हसिनामाथि लागेका पाँचवटा आरोपमा सुनुवाइ गर्दै हत्या, मानवता विरुद्धको अपराध र अपराध रोक्न नसक्नु जस्ता महत्वपूर्ण आरोप पुष्टि गरेको छ।

गत वर्ष विद्यार्थी–नेतृत्वमा भएको विद्रोहमाथि दमनकारी कारबाहीको आदेश दिएकी हसिनामाथि महिनौँसम्म चलेको मुद्दाको सोमबार अन्तिम फैसला सार्वजनिक गरिएको हो।

फैसलापछि देशभर हिंसा फैलिएको र सरकारले उच्च सतर्कता (हाई अलर्ट) को घोषणा गर्दै ढाकामा १५,००० प्रहरी परिचालन गरेको छ। आवश्यक परे उनीहरूले प्रदर्शनकारीहरूमाथि गोली चलाउने आदेश पाएका छन्। फैसलापछि ढाकामा दुईवटा बसमा आगजनीसमेत भएको रिपोर्ट छ।

फैसला अघि हसिनाले आफूविरुद्धका आरोपहरू झूटो भएको र यस्ता फैसलालाई बेवास्ता गर्ने बताएकी थिइन्। उनले आफ्ना समर्थकहरूले स्वस्फूर्तरूपमा विरोध प्रदर्शन गरेको र अवामी लिगको जरा–जरा गाउँदेखि उठेको पार्टी भएको दाबी गरिन्।

शेख हसिनाले भनेकी छिन्, “यो भ्रष्ट, उग्रवादी र हत्यारा युनुस र उनका सहयोगीहरूलाई बंगलादेश कसरी फेरिन्छ भनेर जनताले देखाउनेछ। न्याय जनता स्वयं गर्छन्।”

प्रकाशित मिति : २०८२, १ मंसिर सोमबार  २ : ४३ बजे

देश, जनता र पार्टी पहिलो हो, पद होइन : एमाले सचिव लेखराज भट्ट

काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले देश, जनता र

काभ्रे-१ बाट प्रतिनिधिसभा सदस्यमा गणेश लामा सिफारिस

काभ्रेपलाञ्चोक । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे

स्वास्थ्य र शिक्षामा प्रभावकारी लगानी बिना समृद्धि सम्भव छैन : मन्त्री किरण थापा

काठमाडौं । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य सेवामा

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल