२०८३, २० जेष्ठ बिहीबार

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर


काठमाडौं । बंगलादेशको अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै सजाय सुनाएको छ। इन्टरनेसनल क्राइम ट्रिब्यूनलले हसिनामाथि लागेका पाँचवटा आरोपमा सुनुवाइ गर्दै हत्या, मानवता विरुद्धको अपराध र अपराध रोक्न नसक्नु जस्ता महत्वपूर्ण आरोप पुष्टि गरेको छ।

गत वर्ष विद्यार्थी–नेतृत्वमा भएको विद्रोहमाथि दमनकारी कारबाहीको आदेश दिएकी हसिनामाथि महिनौँसम्म चलेको मुद्दाको सोमबार अन्तिम फैसला सार्वजनिक गरिएको हो।

फैसलापछि देशभर हिंसा फैलिएको र सरकारले उच्च सतर्कता (हाई अलर्ट) को घोषणा गर्दै ढाकामा १५,००० प्रहरी परिचालन गरेको छ। आवश्यक परे उनीहरूले प्रदर्शनकारीहरूमाथि गोली चलाउने आदेश पाएका छन्। फैसलापछि ढाकामा दुईवटा बसमा आगजनीसमेत भएको रिपोर्ट छ।

फैसला अघि हसिनाले आफूविरुद्धका आरोपहरू झूटो भएको र यस्ता फैसलालाई बेवास्ता गर्ने बताएकी थिइन्। उनले आफ्ना समर्थकहरूले स्वस्फूर्तरूपमा विरोध प्रदर्शन गरेको र अवामी लिगको जरा–जरा गाउँदेखि उठेको पार्टी भएको दाबी गरिन्।

शेख हसिनाले भनेकी छिन्, “यो भ्रष्ट, उग्रवादी र हत्यारा युनुस र उनका सहयोगीहरूलाई बंगलादेश कसरी फेरिन्छ भनेर जनताले देखाउनेछ। न्याय जनता स्वयं गर्छन्।”

प्रकाशित मिति : २०८२, १ मंसिर सोमबार  २ : ४३ बजे

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति

राष्ट्रिय सभा बैठकमा विपक्षीको अवरोध, सीमासम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको भनिएको सीमासम्बन्धी अभिव्यक्तिलाई

नेकपाका वडा अध्यक्ष रास्वपामा प्रवेश, जयपृथ्वीमा राजनीतिक तरंग

बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर ७ मा राजनीतिक हलचल

मन्त्रिपरिषद्का ४ महत्वपूर्ण निर्णय सार्वजनिक, वातावरणदेखि सुरक्षा र भूमि व्यवस्थापनसम्म

काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकमार्फत चार महत्वपूर्ण निर्णय