२०८३, १२ कार्तिक बिहीबार

सुजन कडरियाको राजीनामा स्वीकृत, दीपक धामी बने अनेरास्ववियुको अध्यक्ष

सुजन कडरियाको राजीनामा स्वीकृत, दीपक धामी बने अनेरास्ववियुको अध्यक्ष


काठमाडौं । नेकपा एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुका पदाधिकारी बैठकले डा. सुजन कडरियाको राजीनामा स्वीकृत गर्दै महासचिव दीपक धामीलाई नयाँ अध्यक्ष बनाउने निर्णय गरेको छ।

नेपाल कमर्श क्याम्पसमा बसेको बैठकले उपाध्यक्ष अञ्जना शिवाकोटीलाई महासचिव नियुक्त गर्ने र अन्य पदाधिकारी यथावत् राख्ने निर्णय गरेको धामीले जानकारी दिए। राजीनामा जेन-जी आन्दोलनमा विद्यार्थी मारिएको विषयमा असन्तुष्टि जनाउँदै कडरियाले दिएका थिए। पार्टीका जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकालका अनुसार, राजीनामा सार्वजनिक रूपमा दिएको आधारमा स्वीकृत गरिएको हो।

कडरियाले भने, “आजबाट विद्यार्थी आन्दोलनमा बिताएका तीता-मीठा क्षणहरू औपचारिक रूपमा समाप्त भएका छन्। यदि मैले कसैप्रति जानाजानी गल्ती वा कडा व्यवहार गरेको छु भने हृदयदेखि क्षमा प्रार्थी छु। अब म पार्टी जीवनमा पूर्ण समर्पणका साथ, नेकपा एमालेको इमानदार सिपाहीको रूपमा निरन्तर खटिरहने प्रतिज्ञा गर्दछु।”

उनले अध्यक्ष धामी लगायत नयाँ नेतृत्वलाई बधाई र शुभकामना दिएका छन् र भदौ २३ गतेको आन्दोलनमा प्रहरीको गोलीले विद्यार्थीको रगत बगेको क्षणसँग आफ्नो अनेरास्ववियु यात्रा अन्त भएको स्वीकार गर्दै सम्मान व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२, १ मंसिर सोमबार  २ : ३८ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता