२०८२, १७ चैत्र बुधबार

सुजन कडरियाको राजीनामा स्वीकृत, दीपक धामी बने अनेरास्ववियुको अध्यक्ष

सुजन कडरियाको राजीनामा स्वीकृत, दीपक धामी बने अनेरास्ववियुको अध्यक्ष


काठमाडौं । नेकपा एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुका पदाधिकारी बैठकले डा. सुजन कडरियाको राजीनामा स्वीकृत गर्दै महासचिव दीपक धामीलाई नयाँ अध्यक्ष बनाउने निर्णय गरेको छ।

नेपाल कमर्श क्याम्पसमा बसेको बैठकले उपाध्यक्ष अञ्जना शिवाकोटीलाई महासचिव नियुक्त गर्ने र अन्य पदाधिकारी यथावत् राख्ने निर्णय गरेको धामीले जानकारी दिए। राजीनामा जेन-जी आन्दोलनमा विद्यार्थी मारिएको विषयमा असन्तुष्टि जनाउँदै कडरियाले दिएका थिए। पार्टीका जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकालका अनुसार, राजीनामा सार्वजनिक रूपमा दिएको आधारमा स्वीकृत गरिएको हो।

कडरियाले भने, “आजबाट विद्यार्थी आन्दोलनमा बिताएका तीता-मीठा क्षणहरू औपचारिक रूपमा समाप्त भएका छन्। यदि मैले कसैप्रति जानाजानी गल्ती वा कडा व्यवहार गरेको छु भने हृदयदेखि क्षमा प्रार्थी छु। अब म पार्टी जीवनमा पूर्ण समर्पणका साथ, नेकपा एमालेको इमानदार सिपाहीको रूपमा निरन्तर खटिरहने प्रतिज्ञा गर्दछु।”

उनले अध्यक्ष धामी लगायत नयाँ नेतृत्वलाई बधाई र शुभकामना दिएका छन् र भदौ २३ गतेको आन्दोलनमा प्रहरीको गोलीले विद्यार्थीको रगत बगेको क्षणसँग आफ्नो अनेरास्ववियु यात्रा अन्त भएको स्वीकार गर्दै सम्मान व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२, १ मंसिर सोमबार  २ : ३८ बजे

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका