२०८३, १२ कार्तिक बिहीबार

प्रतिनिधिसभा निर्वाचन २०८२: निर्वाचन आयोगले कार्यक्रम सार्वजनिक

प्रतिनिधिसभा निर्वाचन २०८२: निर्वाचन आयोगले कार्यक्रम सार्वजनिक


काठमाडौँ । निर्वाचन आयोग नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सम्पूर्ण कार्यक्रम सार्वजनिक गरेको छ। आयोगले पहिलो-निर्वाचित प्रणाली र समानुपातिक प्रणाली दुवैतर्फको विस्तृत कार्यक्रम आफ्नो वेबसाइट www.election.gov.np र नेपाल राजपत्रमार्फत प्रकाशित गर्ने जनाएको छ।

पहिलो-निर्वाचित प्रणालीतर्फ माघ ६ गते बिहान १० बजेबाट बेलुका ५ बजे सम्म उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ। सोही दिन बेलुका ५ बजेबाट ७ बजे सम्म उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन गरिनेछ। मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरुद्ध उजुरी माघ ७ गते बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म पेश गर्न सकिनेछ। उजुरीको जाँचबुझ र निर्णय माघ ८ गते बेलुका ५ बजे सम्म पूरा गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने समय माघ ९ गते बिहान १० बजे देखि दिउँसो १ बजे सम्म हुनेछ भने दिउँसो ४ बजेबाट साँझ ७ बजे सम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

समानुपातिक प्रणालीतर्फ राजनीतिक दलहरूले मङ्सिर २१ गते बिहान १० बजेबाट २३ गते दिउँसो ४ बजे सम्म निवेदन पेस गर्न सक्नेछन्। मङ्सिर २४ गते बिहान १० बजेबाट दिउँसो ४ बजे सम्म निवेदन पेश गरेका दलहरूको नामावली प्रकाशन गरिनेछ। उम्मेदवारको बन्द सूची पेस गर्ने कार्य पुस १३ र १४ गते बिहान १० बजेबाट ४ बजे सम्म हुनेछ भने अन्तिम बन्द सूची माघ २० गते बिहान १० बजे देखि बेलुका ५ बजे सम्म प्रकाशित गरिनेछ।

निर्वाचन आयोगले फागुन २१ गते बिहान ७ बजे देखि बेलुका ५ बजे सम्म सम्बन्धित मतदान केन्द्रमा मतदान सञ्चालन हुने जानकारी दिएको छ। आयोगले सबै नागरिकलाई मतदानमा सहभागिता जनाउन र समयतालिकाअनुसार प्रक्रिया पूरा गर्न सचेत रहन आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२, १ मंसिर सोमबार  १ : ४९ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता