२०८२, १ मंसिर सोमबार

ढाका अदालतको फैसलाअघि शेख हसिनाका समर्थकहरू चिन्तित

ढाका अदालतको फैसलाअघि शेख हसिनाका समर्थकहरू चिन्तित


ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनामाथि मानवता विरुद्धको अपराध आरोपमा बुधबार हुने ढाका अदालतको फैसलाले देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय राजनीतिक वृत्तमै चर्चा र चिन्ताको माहोल बनाएको छ। हसिनाका समर्थकहरूले अदालतमा चलिरहेको मुद्दालाई राजनीतिक प्रतिशोध र योजनाबद्ध चरित्र हत्याको अभियान भन्दै तीव्र आपत्ति जनाएका छन्।

सन् २०२४ को अगस्टमा हिंसात्मक प्रदर्शन चर्किएपछि भारतको नयाँ दिल्लीमा निर्वासनमा बसेकी हसिना अहिले पनि आफ्ना समर्थकहरूको नजरमा आधुनिक बंगलादेशको निर्माणकर्त्ता मानिन्छिन्। देशको अर्थतन्त्र, पूर्वाधार, महिला सशक्तीकरण र चरमपन्थ नियन्त्रणमा उनले पु¥याएको योगदानले आजका आरोपहरू झनै अविश्वास योग्य देखिने हसिनापक्षीयहरूको धारणा छ। अदालतको फैसला नजिकिँदै गर्दा हसिनाका छोरा साजिब वाजेदले रोयटर्ससँग कुरा गर्दै मुद्दालाई “राजनीतिक रूपमा पूर्वनिर्धारित” भनेका छन्। उनका अनुसार, अदालतको निर्णयले कानुनी प्रक्रियाभन्दा बढी विपक्षी शक्तिहरूको राजनीतिक एजेन्डा झल्काउनेछ। वाजेदले आमालाई भारतले राष्ट्राध्यक्षस्तरकै सुरक्षा दिएको उल्लेख गर्दै, “हसिना कुनै अपराधी होइनन्, बरु दक्षिण एसियामा चरमपन्थ कमजोर पार्ने निर्णायक नेतृ हुन्,” भन्दै उनको नेतृत्वको प्रशंसा गरे।

यसैबीच, अन्तरिम सरकारले अवामी लिगमाथि लगाएको प्रतिबन्धप्रति पनि हसिनाका समर्थकहरू कडा रूपमा उभिएका छन्। देशकै सबैभन्दा पुरानो र ठूलो पार्टीलाई चुनाव प्रक्रियाबाट बाहिर राख्नु लोकतन्त्रविरुद्धको कदम भएको उनीहरूको आरोप छ। “अवामी लिग बिना चुनाव गर्नु जनमतको अपमान हो,” समर्थकहरूको मूल्यांकन छ। प्रतिबन्धले बंगलादेशमा स्थिरता होइन, नयाँ तनाव र हिंसा निम्त्याउने उनीहरूको चेतावनी छ।

ढाका अदालतमा चलिरहेको मुद्दाको प्रक्रियाबारे कानुनी वृत्तमै पनि प्रश्न उठिरहेका छन्। अभियोजन पक्षले पर्याप्त प्रमाण प्रस्तुत गर्न नसकेको र मुद्दा चल्ने क्रममा राजनीतिक हस्तक्षेप देखिएको उल्लेख गर्दै विशेषज्ञहरूले निर्णय न्यायिक स्वतन्त्रताअनुसार नआउने शंका व्यक्त गरेका छन्। समर्थकहरूको भनाइमा, हसिनाले प्रधानमन्त्रीका रूपमा गरेका सुरक्षा निर्णयलाई ‘मानवता विरुद्धको अपराध’ का रूपमा व्याख्या गर्नु नै अन्यायपूर्ण छ।

फैसला आउनुभन्दा केही दिनअघि नै देशमा तनावपूर्ण वातावरण देखिएको छ। सुरक्षा व्यवस्था कडा बनाइएको छ र ढाकाका केही स्थानहरूमा बृहत् नियन्त्रण व्यवस्था अपनाइएको छ। तर हसिनाको पक्षले भने, देशलाई हिंसा र अस्थिरताबाट जोगाउन हसिनाको अनुभवसहितको नेतृत्व आज पनि अपरिहार्य रहेको जिकिर गरिरहेको छ।

शेख हसिनाविरुद्धको मुद्दाले बंगलादेशको राजनीतिक भविष्यलाई कता डोहोर्‍याउनेछ भन्ने प्रश्नमा सबैको ध्यान केन्द्रित छ। तर हसिनापक्षीयहरूको भनाइमा, “यो न्याय होइन, देशलाई समृद्धि र स्थिरतामा पुर्‍याउने नेतृमाथि गरिएको राजनीतिक प्रतिशोध” मात्र हो।

प्रकाशित मिति : २०८२, १ मंसिर सोमबार  १० : ०३ बजे

गुण्डुले भन्छ, बिहानी टाढा छैन…

गाउँकोबाटो परिवर्तनका फूलले सजिएको थियोसयपत्रीजस्ता सरल अनुहार, खुला मन र

सडक डिभिजन काठमाडौंले २५ रुग्ण ठेक्का तोड्यो, ‘काम नगर्ने प्रवृत्तिविरुद्ध कडाइ’

काठमाडौं । राजधानीका विकास आयोजनालाई वर्षौँदेखि प्रभावित बनाउँदै आएका २५

ढाका अदालतको फैसलाअघि शेख हसिनाका समर्थकहरू चिन्तित

ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनामाथि मानवता विरुद्धको अपराध आरोपमा

नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले पाउने छन् प्रिमियम सुविधा

काठमाडौँ । नबिल बैंकले आफ्नो डिजिटल बैंकिङ सेवालाई अझ प्रभावकारी

भिमफेदीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मकवानपुर । भिमफेदी मकवानपुरको भिमफेदी नजिकै बुङ्दोल खोला पुल क्षेत्रमा