२०८२, १ फाल्गुन शुक्रबार

अध्यक्ष ओलीको प्रश्न “संविधानले मान्दैन, संसदले चिन्दैनयो सरकार कसको हो ”

अध्यक्ष ओलीको प्रश्न “संविधानले मान्दैन, संसदले चिन्दैनयो सरकार कसको हो ”


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार पूर्णतः वैधानिक आधारविहीन र जनप्रतिनिधित्वहीन रहेको आरोप लगाउँदै यसको उत्पत्ति र उद्देश्य नै अस्पष्ट रहेको बताएका छन्। प्रेस चौतारी नेपालको टोलीसँग आज बिहान गुण्डुस्थित निवासमा भएको छलफलमा अध्यक्ष ओलीले सरकार न संविधानबाट बनेको, न संसदबाट, न राजनीतिक दलबाट, न त जनमतबाट बनेको भन्दै गम्भीर प्रश्न उठाए।

ओलीले भने, “जेनजी भन्छ- यो मेरो सरकार होइन। दलहरू भन्छन्- हाम्रो बनेको होइन। संसद भन्छ- म चिन्दिन। संविधान भन्छ-यस्तो सरकार बनाउने व्यवस्था नै छैन। आखिर यो सरकार कसको हो रु”

“बेवारिसे सरकारले अपराधीलाई जोगाउँदै दण्डहीनता फैलाइरहेको छ”

अध्यक्ष ओलीले वर्तमान सरकारले तोडफोड, आगजनी र विध्वंसक गतिविधिमा संलग्न व्यक्तिलाई कारबाही नगरी मुलुकमा दण्डहीनतालाई खुला छुट दिएको आरोप लगाए। उनका अनुसार सरकारले नै विभिन्न नामका समूह खडा गरी मनगढन्ते मागपत्र बुझाउने नाटक गरेको छ।

ओलीले स्पष्टसँग भने-
“२४ गतेका विध्वंसकारीलाई नपक्रनु भन्ने ज्ञापनपत्रदेखि ‘केपी ओली र रमेश लेखकलाई पक्राउ गर’ भन्ने ड्राफ्टसम्म– यी कुनै स्वतःस्फूर्त समूहका गतिविधि होइनन्। सरकारकै निर्देशनमा, सरकारकै कागजले, सरकारकै टेबलमा बनाइएका नाटक हुन्।”

उनका अनुसार ती ड्राफ्ट कहाँ बने, कसले बनायो भन्ने सबै अभिलेख एमालेसँग नै सुरक्षित छ।

प्रकाशित मिति : २०८२, ३० कार्तिक आईतबार  २ : ५४ बजे

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको