२०८२, १९ मंसिर शुक्रबार

अध्यक्ष ओलीको प्रश्न “संविधानले मान्दैन, संसदले चिन्दैनयो सरकार कसको हो ”

अध्यक्ष ओलीको प्रश्न “संविधानले मान्दैन, संसदले चिन्दैनयो सरकार कसको हो ”


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार पूर्णतः वैधानिक आधारविहीन र जनप्रतिनिधित्वहीन रहेको आरोप लगाउँदै यसको उत्पत्ति र उद्देश्य नै अस्पष्ट रहेको बताएका छन्। प्रेस चौतारी नेपालको टोलीसँग आज बिहान गुण्डुस्थित निवासमा भएको छलफलमा अध्यक्ष ओलीले सरकार न संविधानबाट बनेको, न संसदबाट, न राजनीतिक दलबाट, न त जनमतबाट बनेको भन्दै गम्भीर प्रश्न उठाए।

ओलीले भने, “जेनजी भन्छ- यो मेरो सरकार होइन। दलहरू भन्छन्- हाम्रो बनेको होइन। संसद भन्छ- म चिन्दिन। संविधान भन्छ-यस्तो सरकार बनाउने व्यवस्था नै छैन। आखिर यो सरकार कसको हो रु”

“बेवारिसे सरकारले अपराधीलाई जोगाउँदै दण्डहीनता फैलाइरहेको छ”

अध्यक्ष ओलीले वर्तमान सरकारले तोडफोड, आगजनी र विध्वंसक गतिविधिमा संलग्न व्यक्तिलाई कारबाही नगरी मुलुकमा दण्डहीनतालाई खुला छुट दिएको आरोप लगाए। उनका अनुसार सरकारले नै विभिन्न नामका समूह खडा गरी मनगढन्ते मागपत्र बुझाउने नाटक गरेको छ।

ओलीले स्पष्टसँग भने-
“२४ गतेका विध्वंसकारीलाई नपक्रनु भन्ने ज्ञापनपत्रदेखि ‘केपी ओली र रमेश लेखकलाई पक्राउ गर’ भन्ने ड्राफ्टसम्म– यी कुनै स्वतःस्फूर्त समूहका गतिविधि होइनन्। सरकारकै निर्देशनमा, सरकारकै कागजले, सरकारकै टेबलमा बनाइएका नाटक हुन्।”

उनका अनुसार ती ड्राफ्ट कहाँ बने, कसले बनायो भन्ने सबै अभिलेख एमालेसँग नै सुरक्षित छ।

प्रकाशित मिति : २०८२, ३० कार्तिक आईतबार  २ : ५४ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको