२०८२, १८ मंसिर बिहीबार

नेकपा दर्तासँगै देशमा दर्ता दलको संख्या १२२ मा झर्‍यो, राष्ट्रिय जेन–जी पार्टीको निवेदन फिर्ता

नेकपा दर्तासँगै देशमा दर्ता दलको संख्या १२२ मा झर्‍यो, राष्ट्रिय जेन–जी पार्टीको निवेदन फिर्ता


काठमाडौं । पाँच राजनीतिक दल एकीकृत भएर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता भएपछि दर्ता राजनीतिक दलहरूको संख्या घटेर १२२ पुगेको छ। नयाँ दल दर्तासँगै एकीकृत भएका पाँचै दल खारेज गरिएकाले पहिलेदेखि रहेका दल संख्या १२६ बाट घटेर १२२ मा पुगेको आयोगले जनाएको छ।

तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितका पाँच दलहरू एकीकरण भएर नयाँ नेकपा गठन गरिएको हो। दल एकीकरणपछि आयोगले ती सबै पाँच दलको दर्ता रद्द गरी नयाँ दल दर्ता प्रक्रिया पूरा गरेको छ। यसैबीच, नेपाल परिवर्तन पार्टी दर्ताको अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ। आयोगका कानून तथा राजनीतिक दल महाशाखाका प्रमुख सह–सचिव यज्ञप्रसाद भट्टराईका अनुसार आयोगले आवश्यक प्रक्रिया पूरा भएसँगै उक्त पार्टीलाई दर्ता प्रमाणपत्र प्रदान गर्न सक्ने अवस्थामा पुगेको छ।

त्यसैगरी, किरण विक नेतृत्वमा दर्ताका लागि निवेदन दिएको राष्ट्रिय जेन–जी पार्टीले भने आफ्नो निवेदन फिर्ता लिएको छ। आवेदन फिर्ता लिएसँगै उक्त दलको दर्ता प्रक्रिया स्वतः रोकिएको भट्टराईले बताए। निर्वाचन आयोगका अनुसार अहिले दल दर्ताका लागि ३० वटा दलले निवेदन दिएका छन्। तीमध्ये केही दलले सनाखत सकेका छन् भने केहीले सनाखत प्रक्रिया सुरु गर्न बाँकी छ।

नयाँ नेकपा दर्ता र दल एकीकरणको प्रभावस्वरूप दर्ता राजनीतिक दलहरूको संख्या क्रमशः व्यवस्थित हुँदै गएको आयोगको मूल्यांकन छ।

प्रकाशित मिति : २०८२, ३० कार्तिक आईतबार  २ : ३३ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको