२०८२, २२ फाल्गुन शनिबार

उपचारबाट फर्किएलगत्तै देउवा सक्रिय, कांग्रेसभित्र महाधिवेशन विवाद टल्काउन भेटघाट सुरु

उपचारबाट फर्किएलगत्तै देउवा सक्रिय, कांग्रेसभित्र महाधिवेशन विवाद टल्काउन भेटघाट सुरु


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारबाट स्वदेश फर्किएलगत्तै पार्टीभित्र बढ्दो विवाद व्यवस्थापनतर्फ सक्रिय बनेका छन्। सिंगापुरमा उपचार गराएर शुक्रबार राति काठमाडौं फर्किएका देउवाले शनिबारदेखि नै नेताहरूसँग भेटघाट थाल्दै आन्तरिक संवादलाई तीब्र पारेका हुन्।

शनिबार साँझ संस्थापन पक्षका चार नेता—प्रवक्ता डा. प्रकाशशरण महत, एनपी साउद, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की—देउवाको चुनदेवीस्थित निवासमा पुगेका थिए। करिब दुई घण्टा चलेको छलफलमा देउवाले पार्टीभित्र चर्किएको महाधिवेशन विवाद, चुनाव तयारी तथा संगठनको बर्तमान अवस्थाबारे विस्तृत जानकारी लिएका थिए।

छलफलमा सहभागी प्रवक्ता महतका अनुसार देउवाले आसन्न निर्वाचनलाई प्राथमिकता दिएर पार्टीभित्रको विवाद मिलाउन आग्रह गरेका थिए। “उहाँले चुनावको तयारीमा जोड दिनुभयो। महाधिवेशन चुनावपछि गरे उपयुक्त हुन्छ भन्ने उहाँको आशय थियो,” महतले बताए।

कांग्रेसभित्र पछिल्लो समय महाधिवेशन कहिले गर्ने भन्ने विषयलाई लिएर दुई धारणा तीव्र बनेका छन्।

प्रकाशित मिति : २०८२, ३० कार्तिक आईतबार  २ : २६ बजे

सर्लाही-४ मा गगन भन्दा अमरेश कुमार ६ हजार मतले अघि

सर्लाही । सर्लाही–४ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय

सिन्धुली-२ मा आशिष गजुरेल विजयी

सिन्धुली। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेल सिन्धुली–२ बाट प्रतिनिधिसभा

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै