२०८२, ६ माघ मंगलबार

उपचारबाट फर्किएलगत्तै देउवा सक्रिय, कांग्रेसभित्र महाधिवेशन विवाद टल्काउन भेटघाट सुरु

उपचारबाट फर्किएलगत्तै देउवा सक्रिय, कांग्रेसभित्र महाधिवेशन विवाद टल्काउन भेटघाट सुरु


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारबाट स्वदेश फर्किएलगत्तै पार्टीभित्र बढ्दो विवाद व्यवस्थापनतर्फ सक्रिय बनेका छन्। सिंगापुरमा उपचार गराएर शुक्रबार राति काठमाडौं फर्किएका देउवाले शनिबारदेखि नै नेताहरूसँग भेटघाट थाल्दै आन्तरिक संवादलाई तीब्र पारेका हुन्।

शनिबार साँझ संस्थापन पक्षका चार नेता—प्रवक्ता डा. प्रकाशशरण महत, एनपी साउद, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की—देउवाको चुनदेवीस्थित निवासमा पुगेका थिए। करिब दुई घण्टा चलेको छलफलमा देउवाले पार्टीभित्र चर्किएको महाधिवेशन विवाद, चुनाव तयारी तथा संगठनको बर्तमान अवस्थाबारे विस्तृत जानकारी लिएका थिए।

छलफलमा सहभागी प्रवक्ता महतका अनुसार देउवाले आसन्न निर्वाचनलाई प्राथमिकता दिएर पार्टीभित्रको विवाद मिलाउन आग्रह गरेका थिए। “उहाँले चुनावको तयारीमा जोड दिनुभयो। महाधिवेशन चुनावपछि गरे उपयुक्त हुन्छ भन्ने उहाँको आशय थियो,” महतले बताए।

कांग्रेसभित्र पछिल्लो समय महाधिवेशन कहिले गर्ने भन्ने विषयलाई लिएर दुई धारणा तीव्र बनेका छन्।

प्रकाशित मिति : २०८२, ३० कार्तिक आईतबार  २ : २६ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा