२०८२, १८ मंसिर बिहीबार

गैरदलिय सरकारका मन्त्रीलाई तत्काल हटाउनु पर्छ : शंकर पोखरेल

गैरदलिय सरकारका मन्त्रीलाई तत्काल हटाउनु पर्छ : शंकर पोखरेल


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको नैतिकता माथि प्रश्न उठाएका छन्। पोखरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री कार्कीको नेतृत्वमा बनेको ‘गैरदलिय सरकार’ का एक मन्त्रीले नयाँ पार्टी दर्ता गरी आगामी निर्वाचनमा प्रत्यक्ष रूपमा सहभागी हुने घोषणा गरेका घटनामा गम्भीर असहमतिका साथ टिप्पणी गरेका छन्।

पोखरेलले भने, “गैरदलिय सरकार बनाउने भनिएको थियो, तर मन्त्रीले आफ्नो पार्टी दर्ता गरेर चुनावमा जान्छु भन्ने घोषणा गर्नु राजनीतिक दृष्टिले अत्यन्तै निन्दनीय हो। यस्तो व्यक्तिलाई मन्त्री पदमा राख्नु प्रधानमन्त्रीकै प्रतिबद्धतासँग मेल खाँदैन।”

उनका अनुसार, यदि कुनै मन्त्रीले आफ्नो पार्टी खोलेर चुनावी मैदानमा उत्रने तयारी गरेका छन् भने, त्यस्ता व्यक्तिहरूको मन्त्री पदमा रहनु नैतिक र राजनीतिक दृष्टिले अयोग्य हुनेछ। पोखरेलले प्रधानमन्त्री कार्कीलाई अविलम्ब निर्णय लिने आग्रह गर्दै भने, “गैरदलिय सरकारमा मन्त्रीको हैसियतमा बसिरहनु भनेको सरकारको नैतिकता र विश्वसनीयता माथि घात गर्नु हो।”

पोखरेलले सरकारको ढिलासुस्ती र अस्पष्टतासँगै, गैरदलिय दाबी र व्यवहारका कारण आगामी निर्वाचन प्रक्रियामा असर पर्ने र चुनावको निष्पक्षता र पारदर्शिता माथि प्रश्न उठ्न सक्ने चेतावनी दिएका छन्। समग्र राजनीतिक वातावरणलाई स्थिर बनाउन सरकारले स्पष्ट र प्रतिबद्ध निर्णय लिनुपर्ने उनले जोड दिएका छन्।

प्रकाशित मिति : २०८२, २८ कार्तिक शुक्रबार  ७ : ३१ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको