२०८३, १२ जेष्ठ बुधबार

मुख्यमन्त्री यादवले गरे पदभार ग्रहण, मधेसका शहीदलाई मधेस रत्न दिइने पहिलो निर्णय

मुख्यमन्त्री यादवले गरे पदभार ग्रहण, मधेसका शहीदलाई मधेस रत्न दिइने पहिलो निर्णय


काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आज पदभार ग्रहण गरेका छन् । मुख्यमन्त्री यादवले पदभार ग्रहण गर्दै मधेश आन्दोलनका शहीदहरुलाई मधेश रत्नले सम्मानित गर्ने पहिलो निर्णय गरेका छन् ।

देशमा संघीयता स्थापना गर्न शहीदहरुको भूमिका सबैभन्दा माथि रहेको भन्दै उनले शहीदका परिवारलाई ससम्मान मधेश रत्नले सम्मानित गर्ने बताए । निवर्तमान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले यादवलाई मुख्यमन्त्रीको सपथ ग्रहण गराएदेखि यादवले पदभार ग्रहण गरेका थिएनन् ।

जेनजी आन्दोलनमा जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय जलेर क्षतिग्रस्त भएपछि तत्कालका लागि मधेश भवन भित्रै मुख्यमन्त्रीका लागि अस्थायी कार्यालय स्थापना गरिएको छ । मुख्यमन्त्री यादवले आज विहानसम्म आफूले प्रदेशका सचिवलाई पहिलाकै मुख्यमन्त्री कार्यालयमा मर्मत सम्हार गरी कार्यालय सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए । तर आज बेलुका मुख्यमन्त्री यादवले मधेश भवन भित्रै तत्कालका लागि बनाइएको कार्यालयमा पदभार ग्रहण गरेका छन् ।

मुख्यमन्त्री यादवले पदभार ग्रहण गरिरहेका बेला मधेश भवन बाहिर विरोध प्रदर्शन र नाराबाजी भएको थियो । जनमत पार्टी, जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, नेपाली कांग्रेस, लोसपा, नेकपा एस, नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले मधेश भवन अगाडि नाराबाजी गर्नुका साथै टायर बालेर प्रदर्शन गरेका थिए । सो क्रममा सुरक्षा निकाय र प्रदर्शनकारीहरुबीच झडप समेत भएको थियो ।

प्रकाशित मिति : २०८२, २६ कार्तिक बुधबार  ९ : २७ बजे

वार्ताकै बीच अमेरिकी हमला, इरानको विरोध

काठमाडौं । इरानले युद्ध अन्त्यका लागि संवाद चलिरहेकै बेला संयुक्त

गोकर्णेश्वरमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन नगरपालिकाको आग्रह

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन

नेपाल तामाङ समाज जापानको अध्यक्षमा गिरबहादुर घिसिङ निर्वाचित

काठमाडौं । नेपाल तामाङ समाज जापानको १० औँ महाधिवेशनबाट गिरबहादुर

प्रतिनिधिसभा बैठक आज बस्दै, विधेयकहरूको चाप बढ्दै

काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

युद्धविराम वार्ताकै बीच ठूलो तनाव: इरानमा अमेरिकी हवाई आक्रमण

काठमाडौं । इरान र अमेरिका बीच युद्ध अन्त्य गर्ने प्रारम्भिक