२०८२, १९ मंसिर शुक्रबार

मुख्यमन्त्री यादवले गरे पदभार ग्रहण, मधेसका शहीदलाई मधेस रत्न दिइने पहिलो निर्णय

मुख्यमन्त्री यादवले गरे पदभार ग्रहण, मधेसका शहीदलाई मधेस रत्न दिइने पहिलो निर्णय


काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आज पदभार ग्रहण गरेका छन् । मुख्यमन्त्री यादवले पदभार ग्रहण गर्दै मधेश आन्दोलनका शहीदहरुलाई मधेश रत्नले सम्मानित गर्ने पहिलो निर्णय गरेका छन् ।

देशमा संघीयता स्थापना गर्न शहीदहरुको भूमिका सबैभन्दा माथि रहेको भन्दै उनले शहीदका परिवारलाई ससम्मान मधेश रत्नले सम्मानित गर्ने बताए । निवर्तमान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले यादवलाई मुख्यमन्त्रीको सपथ ग्रहण गराएदेखि यादवले पदभार ग्रहण गरेका थिएनन् ।

जेनजी आन्दोलनमा जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय जलेर क्षतिग्रस्त भएपछि तत्कालका लागि मधेश भवन भित्रै मुख्यमन्त्रीका लागि अस्थायी कार्यालय स्थापना गरिएको छ । मुख्यमन्त्री यादवले आज विहानसम्म आफूले प्रदेशका सचिवलाई पहिलाकै मुख्यमन्त्री कार्यालयमा मर्मत सम्हार गरी कार्यालय सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए । तर आज बेलुका मुख्यमन्त्री यादवले मधेश भवन भित्रै तत्कालका लागि बनाइएको कार्यालयमा पदभार ग्रहण गरेका छन् ।

मुख्यमन्त्री यादवले पदभार ग्रहण गरिरहेका बेला मधेश भवन बाहिर विरोध प्रदर्शन र नाराबाजी भएको थियो । जनमत पार्टी, जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, नेपाली कांग्रेस, लोसपा, नेकपा एस, नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले मधेश भवन अगाडि नाराबाजी गर्नुका साथै टायर बालेर प्रदर्शन गरेका थिए । सो क्रममा सुरक्षा निकाय र प्रदर्शनकारीहरुबीच झडप समेत भएको थियो ।

प्रकाशित मिति : २०८२, २६ कार्तिक बुधबार  ९ : २७ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको