२०८२, १८ मंसिर बिहीबार

लन्डनमा सुतेकै अवस्थामा नेपाली विद्यार्थीको निधन, भोलिपल्ट सर्टिफिकेट लिने तयारीमा थिए

लन्डनमा सुतेकै अवस्थामा नेपाली विद्यार्थीको निधन, भोलिपल्ट सर्टिफिकेट लिने तयारीमा थिए


लन्डन । लन्डनमा एक नेपाली विद्यार्थी सुतेकै अवस्थामा मृत भेटिएका छन्। सल्यानको भल्चौर–७ घर भएका २६ वर्षीय योमन चन्दको मंगलबार बिहान ९:३० बजे लन्डनको एजवेयरस्थित निवासमा निधन भएको हो। एक वर्षअघि मात्र अध्ययनका लागि बेलायत पुगेका चन्दले युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डबाट एमएस्सी कम्युनिकेसन्स एण्ड इन्फर्मेसन इन्जिनियरिङ को अध्ययन पूरा गरिसकेका थिए। उनी भोलिपल्ट सर्टिफिकेट लिन जाने तयारीमा रहेका थिए।

उनीसँगै बस्ने साथी मनोज कुँवरका अनुसार, सोमबार बिहानै योमनले टाउको दुखेको र वाकवाकी भएको बताएपछि दुवै जना दिउँसो लन्डन सिटी पुगेका थिए। राति घर फर्किएर खाना खाएर सुतेका उनी बिहान नउठेपछि मनोजले उठाउने प्रयास गरे, तर प्रतिक्रिया नपाएपछि तत्काल एम्बुलेन्स बोलाइएको थियो।

‘साथीले सास फेर्न छोडिसकेका थिए,’ मनोजले बताए, ‘एम्बुलेन्सका स्वास्थ्यकर्मी आएर जाँच गर्दा सुगर लेभल २ मात्र थियो। शरीरले सुगर नलिएपछि बिहान ९:३० बजे मृत घोषणा गरियो।’ प्रारम्भिक अनुसन्धानमा ‘नेचुरल डेथ’ (स्वाभाविक मृत्यु) भएको देखिएको लन्डन प्रहरीले जनाएको छ। शवलाई फरेन्सिक परीक्षणका लागि अस्पताल लगिएको छ।

योमनसँगै बस्ने मनोजले भने, ‘उनी स्वस्थ थिए, डिप्रेसनमा पनि थिएनन्। केही दिनअघि मात्रै नयाँ जागिर पाएका थिए। यस्तो हुने कल्पना नै गर्न सक्दिन।’

घटनास्थलमा पुगेका एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले परिवार, विश्वविद्यालय र साथीहरूसँग सल्लाह गरी अन्त्येष्टीको व्यवस्था मिलाइने जानकारी दिए। ‘यो दुखद घटना हो,’ पुडासैनीले भने, ‘नेपालबाट अध्ययनका लागि आउने विद्यार्थीहरू विभिन्न चुनौतीमा छन् -बसाइँ, जागिर, मानसिक स्वास्थ्य र सुरक्षाका विषयमा जनचेतना जगाउने काम अझै तीव्र गर्न जरुरी छ।’

प्रकाशित मिति : २०८२, २६ कार्तिक बुधबार  ९ : ०८ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको