२०८२, २२ पुस मंगलबार

यसपालि डिभी आवेदनमा नयाँ प्रावधान : पहिलोपटक शुल्क तिर्नुपर्ने, आवेदन ढिलो खुल्ने भयो

यसपालि डिभी आवेदनमा नयाँ प्रावधान : पहिलोपटक शुल्क तिर्नुपर्ने, आवेदन ढिलो खुल्ने भयो


काठमाडौं । संयुक्त राज्य अमेरिकाले हरेक वर्ष अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डाइभर्सिटी भिसा (डिभी) लोटरी का लागि आवेदन खुलाउँदै आएको थियो। तर यसपालि भने सो अवधिसम्म पनि आवेदन खुल्न सकेको छैन।

अमेरिकाले केही समयका लागि डिभी लोटरीको प्रक्रिया स्थगित गरेको न्यूयोर्कमा कार्यरत कानुन व्यवसायी बासु फुलाराले सेतोपाटीलाई बताएका छन्। ‘परराष्ट्र मन्त्रालयको सूचनाअनुसार अबको ७ दिनदेखि १ महिनाभित्र जुनसुकै बेला पनि आवेदन खुल्न सक्छ,’ फुलाराले भने, ‘तर किन ढिलाइ भएको हो भन्ने कारण आधिकारिक रूपमा खुलाइएको छैन। डिभी लोटरी बन्द भएको भने होइन।’ उनका अनुसार यसपालि डिभी आवेदनमा दुई नयाँ कारणले ढिलाइ भएको हो— शुल्क प्रणाली सुरु हुन लाग्नु र अमेरिकी संघीय सरकारको बजेट अवरोध।

पहिलो कारण : शुल्क तिर्नुपर्ने प्रावधान
अहिलेसम्म डिभी आवेदन निःशुल्क रहँदै आएको थियो। तर यस वर्षदेखि १ अमेरिकी डलर शुल्क तिर्नुपर्ने नयाँ व्यवस्था ल्याइएको फुलाराले बताए।
‘यसको भुक्तानी कसरी गर्ने भन्ने प्रक्रिया अझै तयार नभएकाले आवेदन खुल्न ढिलाइ भएको हुनसक्छ,’ उनले भने।

दोस्रो कारण : अमेरिकी सरकारको बजेट रोकावट
अमेरिकी संसदले बजेट पारित गर्न ढिलाइ गरेपछि केही सरकारी सेवा अस्थायी रूपमा बन्द हुँदा प्रशासनिक काम प्रभावित भएको उनले बताए। ‘सरकारी कार्यालय बन्द हुँदा आवेदन प्रक्रिया पनि रोकिएको हो, अब सरकार खुल्दैछ, डिभी पनि छिट्टै खुल्ने सम्भावना छ,’ फुलाराले भने। उनका अनुसार यो प्राविधिक र प्रशासनिक ढिलाइ मात्र हो, डिभी कार्यक्रम नै बन्द भएको होइन।

आवेदन गर्दा सावधानी अपनाउन सुझाव
फुलाराले नेपाली आवेदनकर्तालाई विवरण भर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।
‘विवाहितले अविवाहित लेख्ने, छोराछोरीको विवरण नदिने, वा झुठा जानकारी दिने जस्ता गल्तीका कारण पछि भिसा वा नागरिकता प्रक्रियामा समस्या आउने गरेको छ,’ उनले भने। उनले गल्ती भएमा सुरुमै स्वीकार गरी सच्याउन सुझाव दिएका छन्। साथै डिभी आवेदनका लागि १२ कक्षा पास अनिवार्य रहेको र एजेन्सीको भर पर्नुभन्दा आफैं आवेदन भर्नु नै सुरक्षित हुने उनले बताए।

फुलाराले भने, “डिभी ढिलो खुलेको हो, बन्द भएको होइन। सबैले तयारी गरिराख्नुपर्छ। सही विवरणका साथ आवेदन दिनु नै सफलताको पहिलो शर्त हो।”

प्रकाशित मिति : २०८२, २६ कार्तिक बुधबार  ८ : ५९ बजे

कांग्रेस मुख्यालयमा लफडा, नेताहरू वैकल्पिक ढोकाबाट प्रवेश

काठमाडौँ । नेपाली कांग्रेस पार्टी कार्यालय बाहिर विशेष महाधिवेशन पक्षधर

वीरगन्जमा तनाव नियन्त्रणका लागि आज साँझ ६ बजेसम्म कर्फ्यु जारी

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय, पर्साले आज साँझ ६ बजेसम्म

रामबहादुर ‘बादल’ संयोजक बनाउँदै एमालेको निर्वाचन कमिटी गठन

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचन तयारीका लागि निर्वाचन परिचालन

प्रदेशस्तरीय नेतृत्व सुदृढ पार्दै एमालेले बाँडे जिम्मेवारी

काठमाडौं । नेकपा एमालेले प्रदेश र संगठन विभागका संयोजकको जिम्मेवारी

एमाले अध्यक्षओलीद्वारा एनजीओ-डोनरको एजेन्डा बोकेको दलप्रति कडा टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय