२०८२, २९ फाल्गुन शनिबार

उज्यालो नेपाल पार्टी’मा डाक्टर-इञ्जिनियरको भीड : कुलमान घिसिङको टोली सार्वजनिक

उज्यालो नेपाल पार्टी’मा डाक्टर-इञ्जिनियरको भीड : कुलमान घिसिङको टोली सार्वजनिक


काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङको पहलमा गठन भएको ‘उज्यालो नेपाल पार्टी’ ले निर्वाचन आयोगमा आफ्नो पदाधिकारी सूची अद्यावधिक गरेको छ। आयोगमा बुझाइएको ५१ सदस्यीय केन्द्रीय समितिमा डाक्टर, इञ्जिनियर र विभिन्न पेशागत क्षेत्रका व्यक्तित्वको समावेश भएको छ।

पार्टीको अध्यक्षमा इञ्जिनियर तथा पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्याय रहेका छन्। उनका साथमा पार्टीका केन्द्रीय सदस्यका रूपमा शंकर ढकाल, तेजनारायण यादव, निलिमा बस्नेत, दिपेन्द्र जमरकट्टेल, अरविन्द साह र राजेन्द्र शाही पनि इञ्जिनियरका रूपमा सूचीकृत छन्। त्यस्तै चिकित्सा पृष्ठभूमिबाट डा. ताराप्रसाद जोशी, डा. महेन्द्रसुन्दर लावती, डा. सागर ढकाल, डा. अभिषेकराज सिंह, डा. राजु थापा, डा. विशाल भण्डारी र डा. आशुतोष विजय पन्त पार्टीको केन्द्रीय सदस्य बनेका छन्।

पार्टीमा विज्ञ र पेशेवर मात्र होइन, कला–संस्कृतिको क्षेत्रबाट पनि सहभागिता भएको छ। कलाकार तथा कार्यक्रम सञ्चालक रिमा विश्वकर्मा पनि केन्द्रीय सदस्यको रूपमा सूचीकृत छिन्। ‘उज्यालो नेपाल पार्टी’ का संरक्षकका रूपमा कुलमान घिसिङ रहेका छन्। उनले यसअघि साउन महिनामै जितराम लामाको नेतृत्वमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए। आयोगले दर्ता स्वीकृत गरेपछि पार्टीले संगठन विस्तारको तयारीलाई तीव्र पारेको छ। पार्टीको चुनाव चिन्ह ‘चिम’ रहेको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पदाधिकारी हेरफेर र अद्यावधिकका लागि उज्यालो नेपाल पार्टीले निवेदन दर्ता गराएको छ। उनका अनुसार आयोगले आवश्यक कानुनी प्रक्रिया पूरा गरी त्यसको प्रमाणीकरण गर्ने तयारी गरेको छ।

पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले भने, “उज्यालो नेपाल पार्टी कुनै परम्परागत राजनीतिक संगठन होइन, यो दक्ष, इमानदार र पेशेवर व्यक्तिहरूको साझा प्रयास हो, जसको उद्देश्य देश विकास र सुशासन हो।”

प्रकाशित मिति : २०८२, २६ कार्तिक बुधबार  ८ : ४९ बजे

एमालेले छान्यो समानुपातिक सांसद (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसदको टुङ्गो लगाएको छ। आज

एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अहिले जारी छ। २१

बगदादस्थित अमेरिकी दूतावासमाथि इरानद्वारा मिसाइल आक्रमण

काठमाडौं । इराकको राजधानी बगदादमा रहेको अमेरिकी दूतावासमाथि आक्रमण भएको

सूर्यविनायक नगरपालिकाद्धारा प्रहरीलाई गाडी हस्तान्तरण

भक्तपुर, २८ फागुन : सूर्यविनायक नगरपालिकाले प्रहरी बृत्त जगातीका लागि

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको