२०८२, २६ कार्तिक बुधबार

उज्यालो नेपाल पार्टी’मा डाक्टर-इञ्जिनियरको भीड : कुलमान घिसिङको टोली सार्वजनिक

उज्यालो नेपाल पार्टी’मा डाक्टर-इञ्जिनियरको भीड : कुलमान घिसिङको टोली सार्वजनिक


काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङको पहलमा गठन भएको ‘उज्यालो नेपाल पार्टी’ ले निर्वाचन आयोगमा आफ्नो पदाधिकारी सूची अद्यावधिक गरेको छ। आयोगमा बुझाइएको ५१ सदस्यीय केन्द्रीय समितिमा डाक्टर, इञ्जिनियर र विभिन्न पेशागत क्षेत्रका व्यक्तित्वको समावेश भएको छ।

पार्टीको अध्यक्षमा इञ्जिनियर तथा पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्याय रहेका छन्। उनका साथमा पार्टीका केन्द्रीय सदस्यका रूपमा शंकर ढकाल, तेजनारायण यादव, निलिमा बस्नेत, दिपेन्द्र जमरकट्टेल, अरविन्द साह र राजेन्द्र शाही पनि इञ्जिनियरका रूपमा सूचीकृत छन्। त्यस्तै चिकित्सा पृष्ठभूमिबाट डा. ताराप्रसाद जोशी, डा. महेन्द्रसुन्दर लावती, डा. सागर ढकाल, डा. अभिषेकराज सिंह, डा. राजु थापा, डा. विशाल भण्डारी र डा. आशुतोष विजय पन्त पार्टीको केन्द्रीय सदस्य बनेका छन्।

पार्टीमा विज्ञ र पेशेवर मात्र होइन, कला–संस्कृतिको क्षेत्रबाट पनि सहभागिता भएको छ। कलाकार तथा कार्यक्रम सञ्चालक रिमा विश्वकर्मा पनि केन्द्रीय सदस्यको रूपमा सूचीकृत छिन्। ‘उज्यालो नेपाल पार्टी’ का संरक्षकका रूपमा कुलमान घिसिङ रहेका छन्। उनले यसअघि साउन महिनामै जितराम लामाको नेतृत्वमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए। आयोगले दर्ता स्वीकृत गरेपछि पार्टीले संगठन विस्तारको तयारीलाई तीव्र पारेको छ। पार्टीको चुनाव चिन्ह ‘चिम’ रहेको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पदाधिकारी हेरफेर र अद्यावधिकका लागि उज्यालो नेपाल पार्टीले निवेदन दर्ता गराएको छ। उनका अनुसार आयोगले आवश्यक कानुनी प्रक्रिया पूरा गरी त्यसको प्रमाणीकरण गर्ने तयारी गरेको छ।

पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले भने, “उज्यालो नेपाल पार्टी कुनै परम्परागत राजनीतिक संगठन होइन, यो दक्ष, इमानदार र पेशेवर व्यक्तिहरूको साझा प्रयास हो, जसको उद्देश्य देश विकास र सुशासन हो।”

प्रकाशित मिति : २०८२, २६ कार्तिक बुधबार  ८ : ४९ बजे

क्यारेबियनमा अमेरिकाको युद्ध तयारीपछि भेनेजुएलाको सैन्य शक्ति प्रदर्शन तीव्र

कराकास । दक्षिणी क्यारेबियन क्षेत्रमा अमेरिकाले युद्धपोत र शक्तिशाली पनडुब्बीहरू

मुख्यमन्त्री यादवले गरे पदभार ग्रहण, मधेसका शहीदलाई मधेस रत्न दिइने पहिलो निर्णय

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आज

लन्डनमा सुतेकै अवस्थामा नेपाली विद्यार्थीको निधन, भोलिपल्ट सर्टिफिकेट लिने तयारीमा थिए

लन्डन । लन्डनमा एक नेपाली विद्यार्थी सुतेकै अवस्थामा मृत भेटिएका

यसपालि डिभी आवेदनमा नयाँ प्रावधान : पहिलोपटक शुल्क तिर्नुपर्ने, आवेदन ढिलो खुल्ने भयो

काठमाडौं । संयुक्त राज्य अमेरिकाले हरेक वर्ष अक्टोबर २ देखि

उज्यालो नेपाल पार्टी’मा डाक्टर-इञ्जिनियरको भीड : कुलमान घिसिङको टोली सार्वजनिक

काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान