२०८३, २० जेष्ठ बिहीबार

प्रतिगामी षडयन्त्रविरुद्ध एमालेद्वारा देशभर जनप्रदर्शन

प्रतिगामी षडयन्त्रविरुद्ध एमालेद्वारा देशभर जनप्रदर्शन


काठमाडौं । नेकपा (एमाले) ले संविधान र लोकतन्त्रको रक्षाका लागि आज देशभरका ७५३ वटै पालिकामा जनप्रदर्शन गरेको छ। विघटित प्रतिनिधि सभाको पुनःस्थापना र प्रतिगामी षडयन्त्रको विरोधमा पार्टीले जनपरिचालन कार्यक्रम सञ्चालन गरेको हो।

केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बिहान ७ बजेदेखि सुरू भएको प्रदर्शनमा केन्द्रीय नेताहरू पालिका तहमा परिचालित भएका छन्। कतिपय स्थानमा मोटरसाइकल र्याली र कोणसभा भएका छन्।

गौतमका अनुसार यसअघि वडा तहमा भेला सम्पन्न भइसकेको र अब कात्तिक २९ गते जिल्ला तथा मङ्सिर ६ गते काठमाडौंमा आमसभा गर्ने तयारी भइरहेको छ। एमालेले आजको प्रदर्शनलाई महाधिवेशन प्रचार अभियानको रूपमा पनि लिएको छ।

प्रकाशित मिति : २०८२, २५ कार्तिक मंगलबार  ८ : १९ बजे

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति

राष्ट्रिय सभा बैठकमा विपक्षीको अवरोध, सीमासम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको भनिएको सीमासम्बन्धी अभिव्यक्तिलाई

नेकपाका वडा अध्यक्ष रास्वपामा प्रवेश, जयपृथ्वीमा राजनीतिक तरंग

बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर ७ मा राजनीतिक हलचल

मन्त्रिपरिषद्का ४ महत्वपूर्ण निर्णय सार्वजनिक, वातावरणदेखि सुरक्षा र भूमि व्यवस्थापनसम्म

काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकमार्फत चार महत्वपूर्ण निर्णय