२०८२, २५ कार्तिक मंगलबार

प्रतिगामी षडयन्त्रविरुद्ध एमालेद्वारा देशभर जनप्रदर्शन

प्रतिगामी षडयन्त्रविरुद्ध एमालेद्वारा देशभर जनप्रदर्शन


काठमाडौं । नेकपा (एमाले) ले संविधान र लोकतन्त्रको रक्षाका लागि आज देशभरका ७५३ वटै पालिकामा जनप्रदर्शन गरेको छ। विघटित प्रतिनिधि सभाको पुनःस्थापना र प्रतिगामी षडयन्त्रको विरोधमा पार्टीले जनपरिचालन कार्यक्रम सञ्चालन गरेको हो।

केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बिहान ७ बजेदेखि सुरू भएको प्रदर्शनमा केन्द्रीय नेताहरू पालिका तहमा परिचालित भएका छन्। कतिपय स्थानमा मोटरसाइकल र्याली र कोणसभा भएका छन्।

गौतमका अनुसार यसअघि वडा तहमा भेला सम्पन्न भइसकेको र अब कात्तिक २९ गते जिल्ला तथा मङ्सिर ६ गते काठमाडौंमा आमसभा गर्ने तयारी भइरहेको छ। एमालेले आजको प्रदर्शनलाई महाधिवेशन प्रचार अभियानको रूपमा पनि लिएको छ।

प्रकाशित मिति : २०८२, २५ कार्तिक मंगलबार  ८ : १९ बजे

प्रतिगामी षडयन्त्रविरुद्ध एमालेद्वारा देशभर जनप्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले संविधान र लोकतन्त्रको रक्षाका लागि

आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं। आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ

हुम्लामा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, एक जना घाइते

अदानचुली (हुम्ला) । हुम्लामा विद्युत् पोल बोक्दै गरेको एक ट्याक्टर

भारत-अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौता लगभग

मुख्यमन्त्री यादवको आह्वान : तोडफोड र अराजकताविरुद्ध संयमित रहन आग्रह

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा भइरहेको