२०८२, २५ पुस शुक्रबार

हुम्लामा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, एक जना घाइते

हुम्लामा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, एक जना घाइते


अदानचुली (हुम्ला) । हुम्लामा विद्युत् पोल बोक्दै गरेको एक ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

बाजुराबाट हुम्लाको पिपलमुडास्थित विद्युत् सबस्टेसनका लागि पोल ढुवानी गरिरहेको लु ५ त १२३७ नम्बरको ट्याक्टर सोमबार राति दुर्घटनामा परेको हो। ट्याक्टर मुगु जिल्लाको सोरु गाउँपालिकाको केन्द्रतर्फ जाँदै गरेको बेला दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा बाजुरा, गौमुल गाउँपालिका–३ का अन्दाजी २४ वर्षीय सुरेश रोकायाको घटनास्थलमै मृत्यु भएको सोरुकोट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बलवीर लावडले जानकारी दिए।

लावडका अनुसार, उकालोमा ट्याक्टरको ब्रेक फेल हुँदा करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो।
सो घटनामा हुम्ला, अदानचुली–२ का २८ वर्षीय रेशम भण्डारी सख्त घाइते भएका छन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल मुगु लगिएको प्रहरीले जनाएको छ। ट्याक्टरमा चालक रोकाया र सहचालक भण्डारी मात्र सवार रहेको पनि प्रहरीले पुष्टि गरेको छ।

प्रकाशित मिति : २०८२, २५ कार्तिक मंगलबार  ९ : ५६ बजे

जाजरकोटमा जिप दुर्घटना, २ जनाको मृत्यु, ४ जना घाइते

काठमाडौं । जाजरकोटमा भएको जिप दुर्घटनामा २ जनाको मृत्यु भएको

सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्दै जनमत निर्माण गर्न एमाले महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनलाई लक्षित

विशेष महाधिवेशनको नाममा कांग्रेस विभाजन रोक्न संस्थापन समूहको पहल

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले विशेष महाधिवेशनको नाममा पार्टी

कांग्रेसका १७ भ्रातृ संगठन-विशेष महाधिवेशनको विपक्ष, चुनावमा केन्द्रित हुन आह्वान

काठमाडौं । नेपाली कांग्रेसका १७ भ्रातृ संगठनले पार्टीभित्रको विशेष महाधिवेशनको

कांग्रेसका २५ केन्द्रीय सदस्यले विशेष महाधिवेशनको मागलाई सम्मान गर्दै नेतृत्वलाई संवादको अपिल

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूले पार्टीभित्र