२०८२, १७ चैत्र बुधबार

केपी ओलीको नेतृत्वमा प्रतिगमनविरुद्ध एमालेको निर्णायक जनजागरण : संसद पुनर्स्थापनाका लागि देशव्यापी प्रदर्शन

केपी ओलीको नेतृत्वमा प्रतिगमनविरुद्ध एमालेको निर्णायक जनजागरण : संसद पुनर्स्थापनाका लागि देशव्यापी प्रदर्शन


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमालेले संसद पुनर्स्थापनाको माग र प्रतिगमनविरुद्धको संघर्षलाई निर्णायक चरणमा पुर्‍याएको छ। आजदेखि देशभरका सबै ७५३ वटै पालिकामा जनप्रदर्शन र जनजागरण कार्यक्रम सुरु भएको छ।

एमालेले प्रतिनिधि सभा विघटनलाई राष्ट्र र जनमतमाथिको प्रतिगामी प्रहार भन्दै जनतालाई सचेत पार्ने अभियान थालेको हो। ओलीको निर्देशनअनुसार वडादेखि केन्द्रीय तहसम्म क्रमबद्ध जनप्रदर्शन र सभा आयोजना भइरहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार, कात्तिक २२ गते देशका सबै ६ हजार ७ सय ४३ वटै वडामा भेला सम्पन्न भइसकेका छन्। ती भेलामा भदौ २४ पछि देशमा देखिएको राजनीतिक अस्थिरता, संसदको गैरसंवैधानिक विघटन र एमालेको राजनीतिक बाटोबारे स्पष्ट सन्देश दिइएको थियो।

आजको प्रदर्शनमा धेरै पालिकाहरूले मोटरसाइकल र्‍याली, नारा–जुलुस र कोणसभा आयोजना गरेका छन्। एमालेले प्रदर्शनलाई जनतामाझ पार्टीको सङ्गठन, शक्ति र प्रतिवद्धताको प्रदर्शनका रूपमा लिएको छ।

पार्टी केन्द्रले तय गरेका नारामा

“संसद पुनर्स्थापना गर, प्रतिगमन अन्त्य गर”,
“संविधान र जनमतको रक्षा गर”,
“ओलीको नेतृत्वमा राष्ट्रिय स्थायित्व र विकास”
जस्ता सन्देशहरू मुख्य छन्।

एमालेले सहभागी सबै कार्यकर्तालाई पार्टीको झण्डा सहित सहभागी हुन, प्रदर्शन घना बस्तीमा गर्ने, अन्त्यमा कोणसभा राखी जनतालाई अहिलेको राजनीतिक अवस्थाबारे सचेत पार्न निर्देशन दिएको छ। साथै प्रदर्शनका तस्बिर, भिडियो र सन्देशहरू सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत व्यापक रूपमा प्रसार गर्न पनि आग्रह गरिएको छ।

पार्टीका अनुसार, आजको जनप्रदर्शनपछि कात्तिक २९ गते जिल्ला स्तरीय आमसभा र मंसिर ६ गते काठमाडौंमा हुने केन्द्रीय प्रदर्शनले अभियानलाई अझ सशक्त बनाउनेछ। यी कार्यक्रमहरू आगामी महाधिवेशनको प्रचार र पार्टी एकताको पुनःसङ्कल्पका रूपमा समेत रहनेछन्।

अध्यक्ष ओलीले विगतका आन्दोलनहरूलाई सम्झँदै भनेका छन्

“जनताको जनादेश उल्ट्याउनेहरू नै आजको अस्थिरताको कारण हुन्।
संसद पुनर्स्थापना मात्र होइन, संविधानको सम्मान र राष्ट्रको स्थायित्वका लागि एमालेको संघर्ष अन्तिम क्षणसम्म जारी रहनेछ।”

प्रकाशित मिति : २०८२, २५ कार्तिक मंगलबार  ९ : २० बजे

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका