२०८२, १९ मंसिर शुक्रबार

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो


काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले पूर्वप्रमुख आयुक्त र आयुक्तहरूसँग छलफल गरेको छ। आयोगले विगतको चुनाव अनुभव, शान्ति सुरक्षा र राजनीतिक दलहरूसँग समन्वयका विषयमा सुझाव लिन छलफल गरेको जनाएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार निर्वाचन तयारीको ६० प्रतिशत काम पूरा भइसकेको छ भने बाँकी काम पनि निरन्तर अगाडि बढिरहेको छ। आयोगले चुनावका लागि आवश्यक ७९ प्रकारका सामग्रीको सूची तयार पारिसकेको छ र तीमध्ये १४ प्रकारका वस्तु खरिद प्रक्रियामा छन्।

निर्वाचनमा मतपेटिका, औँलामा चिह्न लगाउने मार्कर पेन, स्ट्याम्प प्याड, लाहा छाप, मतदान कक्षका सामग्री लगायत विविध उपकरण आवश्यक पर्ने आयोगले जानकारी दिएको छ।

यसअघि आयोगले राजनीतिक दलहरूसँग पनि छलफल गरी मतदाता नामावलीमा छुटेका नाम दर्ता गर्न प्रचार गर्ने अनुरोध गरेको थियो।

प्रकाशित मिति : २०८२, २४ कार्तिक सोमबार  ११ : २२ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको