२०८२, २२ पुस मंगलबार

मलेसियाली तटमा आप्रवासी चढेको डुङ्गा दुर्घटनामा सात जनाको मृत्यु

मलेसियाली तटमा आप्रवासी चढेको डुङ्गा दुर्घटनामा सात जनाको मृत्यु


काठमाडौं । म्यानमारबाट भागेका रोहिंग्या आप्रवासी बोकेको डुंगा थाइल्यान्ड-मलेसिया समुद्री सिमानानजिकै डुब्दा कम्तीमा सातजनाको मृत्यु भएको छ । ३०० जना बेपत्ता भएको मलेसियाको समुद्री सुरक्षा विभागले जनाएको छ ।

मलेसियाको समुद्री सुरक्षा विभागका अनुसार, उद्धार टोलीहरूले आइतबार पाँच महिला र एक बालिकासहित सातवटा शव फेला पारेका छन् । टोलीले अहिलेसम्म १३ जनालाई जीवितै उद्धार गरेको छ ।

म्यान्मारको बुथिडाउङबाट आप्रवासीहरूलाई लिएर हिँडेको डुंगामा करिब ३०० मानिस सवार थिए । दुर्घटना तीन दिनअघि भए पनि पीडितहरूको खोजी तथा उद्धार कार्य अझै जारी रहेको छ ।

मलेसिया जाँदै गरेका यी मानिसहरूलाई सुरुमा एउटा ठूलो जहाजमा चढाइएको र सीमानजिक पुगेपछि उनीहरूलाई साना–साना डुंगाहरूमा राखिएको पाइएको छ । प्रत्येक डुंगामा करिब १०० जना थिए । सुरक्षा र निगरानी अधिकारीहरूको आँखा छल्न यस्तो गरिएको बताइएको छ ।

प्रकाशित मिति : २०८२, २४ कार्तिक सोमबार  ११ : १४ बजे

कांग्रेस मुख्यालयमा लफडा, नेताहरू वैकल्पिक ढोकाबाट प्रवेश

काठमाडौँ । नेपाली कांग्रेस पार्टी कार्यालय बाहिर विशेष महाधिवेशन पक्षधर

वीरगन्जमा तनाव नियन्त्रणका लागि आज साँझ ६ बजेसम्म कर्फ्यु जारी

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय, पर्साले आज साँझ ६ बजेसम्म

रामबहादुर ‘बादल’ संयोजक बनाउँदै एमालेको निर्वाचन कमिटी गठन

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचन तयारीका लागि निर्वाचन परिचालन

प्रदेशस्तरीय नेतृत्व सुदृढ पार्दै एमालेले बाँडे जिम्मेवारी

काठमाडौं । नेकपा एमालेले प्रदेश र संगठन विभागका संयोजकको जिम्मेवारी

एमाले अध्यक्षओलीद्वारा एनजीओ-डोनरको एजेन्डा बोकेको दलप्रति कडा टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय