२०८२, १८ मंसिर बिहीबार

रामकुमारी झाँक्रीसहितका नेताहरू आज एमाले फर्किँदै

रामकुमारी झाँक्रीसहितका नेताहरू आज एमाले फर्किँदै


काठमाडौं । एकतापछि नेकपा (एमाले) मा नफर्केका नेताहरू आज (सोमबार) पुनः एमाले प्रवेश गर्दै छन्।

एमालेले सोमबार दिउँसो २:३० बजे राष्ट्रिय सभागृहमा “घर फर्क राष्ट्रिय अभियान” सञ्चालन गर्न लागेको छ। यही कार्यक्रममा पूर्वमन्त्री रामकुमारी झाँक्रीसहितका नेताहरू औपचारिक रूपमा एमालेमा फर्कने भएका हुन्।

एकीकरणको क्रममा नेकपा (एकीकृत समाजवादी) पक्षमा रहँदै एमालेमा नफर्केका झाँक्रीसँगै निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ (किसान), पोलिटब्युरो सदस्य पीताम्बर तिमिल्सिना, अर्जुन राई, नवराज पौडेल, र गम्भीरलाल श्रेष्ठसहितका नेताहरू पनि एमाले प्रवेश गर्न लागेको एमाले स्रोतले जनाएको छ।

उनीहरूलाई एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने कार्यक्रम तय गरिएको छ।

एमालेले यस अभियानमार्फत पार्टी छाडेका पुराना नेता तथा कार्यकर्तालाई पुनः संगठित गर्ने रणनीति लिएको बताएको छ।

प्रकाशित मिति : २०८२, २४ कार्तिक सोमबार  ९ : २० बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको