२०८२, ६ माघ मंगलबार

जेनजी आन्दोलनबारे ओलीको स्पष्ट सन्देश : ‘युवाको ऊर्जा देश निर्माणतर्फ मोड्नुपर्छ’

जेनजी आन्दोलनबारे ओलीको स्पष्ट सन्देश : ‘युवाको ऊर्जा देश निर्माणतर्फ मोड्नुपर्छ’


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा फैलिएको अराजकतामाथि कठोर टिप्पणी गर्दै युवालाई “देश निर्माणका लागि विवेकपूर्ण भूमिका खेल्न” आह्वान गरेका छन्।

राष्ट्रिय युवा संघ नेपालको तेस्रो केन्द्रीय समिति बैठकमा आइतबार काठमाडौंमा बोल्दै ओलीले भने —
“नेपालको जन र धनको क्षति गराउने गतिविधिलाई आन्दोलन र परिवर्तनका नाममा महिमामण्डन गर्न खोजियो । तर त्यसको आडमा देशलाई असंवैधानिक र अराजकतातर्फ धकेल्ने प्रयास भयो ।”

उनको भनाइमा, जेनजी आन्दोलनका नाममा हिंसा, तोडफोड र आगलागी गराइए पनि ती सबै युवाको असली आवाज होइन, “युवाको नाममा बाह्य स्वार्थले मञ्च कब्जा गरेको” थियो।

ओलीले जोड दिए — “जेनजी भन्ने कुरा मानव विकासको अवधिसँग होइन, कम्प्युटर विज्ञानको एक प्रवृत्तिसँग सम्बन्धित हो । तर त्यसलाई युवाको भावनासँग जोडेर प्रयोग गर्न खोजियो, जुन गलत अभ्यास हो ।”

अध्यक्ष ओलीका अनुसार भदौ २३ र २४ गते माइतीघरमा आएका युवाहरुका मागहरू धेरैजसो जायज थिए। तर ती माग र आन्दोलनका मुद्दा युवाको हातबाट खोस्ने समूहहरू पहिले नै त्यहाँ सक्रिय भइसकेका थिए। “युवाका नाममा विनाश अरुले मच्चाए, तर त्यसलाई जेनजी आन्दोलन भनियो,” ओलीले स्पष्ट पारे।

ओलीले २४ गते भएको हिंसा पूर्वनियोजित रहेको दाबी गर्दै भने –
“त्यो घटना आकस्मिक थिएन, योजनाबद्ध थियो । २३ गतेको गोलीकाण्डसँग त्यसको प्रत्यक्ष सम्बन्ध थिएन । देशमा अस्थिरता ल्याउन त्यसको खाका पहिले नै तयार गरिएको थियो ।”

अध्यक्ष ओलीले युवालाई संयम, विवेक र देशप्रतिको जिम्मेवारीबोधका साथ अघि बढ्न आग्रह गरे।
उनले भने –“यो देश युवाकै काँधमा टेकेर अघि बढ्छ । भावनामा होइन, विवेकमा आधारित भएर देशको भविष्य तय गर्नुपर्छ । देश बनाउने युवाको हात हो, भत्काउने होइन ।”

राजनीतिक विश्लेषकहरूका अनुसार ओलीको यो सन्देशले देशभर युवाहरूमाझ “सकारात्मक ऊर्जा र जिम्मेवार सोच” फैलाउने संकेत गरेको छ। उनीहरूले ओलीको नेतृत्वमा देशले पुनः स्थिरता र विकासको बाटो समाउने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२, २३ कार्तिक आईतबार  ७ : ०२ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा