काठमाडौं । टर्कियाले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका वरिष्ठ अधिकारीहरूविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको छ। गाजा क्षेत्रमा ‘जनसंहार’ गरेको आरोपमा टर्कियेले कुल ३७ जनाविरूद्ध वारेन्ट जारी गरेको बताएको छ।
बीबीसीका अनुसार वारेन्टमा रक्षामन्त्री इजराइल काट्ज, राष्ट्रिय सुरक्षामन्त्री इतेमार बेन गभिर र सेना प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जामिरको नाम पनि समावेश छ। इजरायलले यस कदमको विरोध गर्दै आरोपको निन्दा गरेको छ।






प्रतिक्रिया