२०८२, १४ पुस सोमबार

जेन–जी बिद्रोहका नाममा भएको आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न प्रतिष्ठानको माग

जेन–जी बिद्रोहका नाममा भएको आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न प्रतिष्ठानको माग


काठमाडौ । राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले आज एक बिज्ञप्ती मार्फत जेन–जी बिद्रोहका नाममा भएको आगजनी, लुटपाट र तोडफोडमा संलग्नहरुको पहिचानगरी दण्डहिनताको अन्त्य गर्न माग गरेको छ ।
अध्यक्ष भवानी प्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकले भाद्र २३ र २४ को नरसंहार र विध्वंसको स्वतन्त्र, निष्पक्ष एवं पारदर्शी रुपमा उच्चस्तरीय छानबिन गरि दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको हो ।
नेपाल सरकार, जिम्मेवार राजनीतिक दलहरू, विभिन्न समूहमा रहेका जेन–जी पुस्ता, आन्दोलन घोषणा गरेका विभिन्न दल तथा समूहहरू, जन–प्रतिनिधि, सामाजिक अभियन्ता, नागरिक समाज, सुरक्षा निकाय र सर्वसाधारण नागरिकहरू सबैमा कुनै पनि प्रकारका उत्तेजना फैलाउने काम कारबाही नगर्न, आपसी मित्रता, शान्ति, सद्भाव कायम राख्न पनि प्रतिष्ठानले अपील गरेको छ ।
त्यसैगरी बैठकले लोकतन्त्र र मानव अधिकारको रक्षा र सम्मानको लागि राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले निरन्तर रूपमा अनुगमन, खबरदारी र पहरेदारी गर्ने निर्णय गरेको अध्यक्ष खरेलले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०८२, २१ कार्तिक शुक्रबार  ८ : ४१ बजे

राजनीतिक विखण्डन र ‘घण्टी’ मा विलिन हुने प्रवृत्ति

आजको दिनले विखण्डनकारी सोच, अराजक प्रवृत्ति र अवसरवादी शक्तिहरूको मिलनमार्फत

उज्यालो नेपाल रास्वपामा विलय, कुलमान उपसभापति

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल

रास्वपा र उज्यालो नेपालबीच एकता सहमति, हस्ताक्षर तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच

एमालेको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश, को-को समेटिए ?

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेश

सिंहदरबारमा जेनजी समूहको हुलदंगा

काठमाडौं । सरकार र जेनजीबीचको सम्झौता सिंहदरबारमै च्यात्ने समूहका युवाहरूले