२०८२, १९ मंसिर शुक्रबार

सांसदका स्वकीय सचिव कटौतीबारे राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा तीव्र असन्तुष्टि

सांसदका स्वकीय सचिव कटौतीबारे राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा तीव्र असन्तुष्टि


काठमाडौं । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा सुरु भएको छ। बैठकमा सांसदहरूको स्वकीय सचिव कटौती गर्ने सरकारको हालैको निर्णयबारे छलफल जारी छ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हासहितका सांसदहरू उपस्थित छन्। सरकारले संघीय संसद्का पदाधिकारी र सदस्यहरूले पाउँदै आएका स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय गरेको हो। सरकारले “संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३” को अनुसूचीमा हेरफेर गर्दै प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षलगायतका पदाधिकारीहरूको स्वकीय सुविधा खोसेको छ। हाल प्रतिनिधिसभामा २७५ र राष्ट्रिय सभामा ५९ सदस्य गरी कुल ३३४ सांसद छन्।

सभामुख र राष्ट्रिय सभाका अध्यक्षको स्वकीय सुविधा भने यथावत् छ, तर बाँकी ३३२ जनाको स्वकीय सचिवको सुविधा कटौती गरिएको छ। सरकारको उक्त निर्णयप्रति संघीय संसद्का सांसदहरूले असन्तुष्टि जनाउँदै आएका छन्।

प्रकाशित मिति : २०८२, २१ कार्तिक शुक्रबार  १० : २२ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको