२०८२, २२ फाल्गुन शनिबार

बिहारमा पहिलो चरणको मतदान सुरु

बिहारमा पहिलो चरणको मतदान सुरु


काठमाडौं । भारतको बिहार राज्यमा विधानसभा चुनावको पहिलो चरण अन्तर्गत आज बिहानदेखि मतदान सुरु भएको छ।

कुल २४३ सिटमध्ये पहिलो चरणमा १८ जिल्लाका १२१ सिटका लागि बिहान ७ बजेदेखि मतदान भइरहेको छ, जो साँझ ६ बजेसम्म चल्नेछ। यस चरणमा राजनेता, कलाकार र चर्चित व्यक्तित्वहरू प्रतिस्पर्धामा छन्। तेजस्वी यादव, तेजप्रताप यादव, अनन्त सिंह, मैथिली ठाकुर, भोजपुरी गायक रितेश पाण्डे, फिल्म स्टार खेसारी लाल यादव र ओसामा शाहबलजस्ता उम्मेदवार चर्चामा रहेका छन्।

करीब ३ करोड ७५ लाख मतदाताले मतदान गर्ने अपेक्षा गरिएको छ। पहिलो चरणमा १,३१४ उम्मेदवार प्रतिस्पर्धामा छन्। मतदान पटना, वैशाली, नालन्दा, दरभंगा, सारण, सिवान, मुजफ्फरपुरसहित १८ जिल्लामा भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

निर्वाचनका लागि ४५ हजार ३४१ मतदान केन्द्र स्थापना गरिएको छ भने करिब ४ लाख ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। मतगणना नोभेम्बर १४ मा हुने तय गरिएको छ।

प्रकाशित मिति : २०८२, २० कार्तिक बिहीबार  ९ : ५३ बजे

सर्लाही-४ मा गगन भन्दा अमरेश कुमार ६ हजार मतले अघि

सर्लाही । सर्लाही–४ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय

सिन्धुली-२ मा आशिष गजुरेल विजयी

सिन्धुली। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेल सिन्धुली–२ बाट प्रतिनिधिसभा

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै