२०८२, १ पुस मंगलबार

बझाङमा ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु

बझाङमा ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु


धनगढी । बझाङ जिल्लाको थालारा गाउँपालिका–२ काँडास्थित भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजनाको अवस्था गम्भीर रहेको छ।

सुदूरपश्चिम प्रदेश ०१–००२ त ५७२४ नम्बरको ट्याक्टर सडकबाट करिब ५०० मिटर तल खस्दा थालारा–२ का ६० वर्षीय पमले खाती र ६२ वर्षीय जसे खातीको घटनास्थलमै मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले जानकारी दिए।

ट्याक्टर चालक कैलालीको गोदावरी नगरपालिका–४ का ४५ वर्षीय खुशीराम चौधरी गम्भीर घाइते भएका छन्। उनको छाती र बाँया खुट्टामा गम्भीर चोट लागेको छ र अहिले जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ट्याक्टरले स्थानीय निर्माण सामग्री ढुवानी गरिरहेको समयमा दुर्घटना भएको प्राथमिक अनुमान गरिएको छ। घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२, २० कार्तिक बिहीबार  ९ : ३२ बजे

ओली प्यानलमा समेटिए सुहाङ नेम्वाङ र अमित लामा

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यका आकांक्षीमध्ये

११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोगका पदाधिकारी निर्विरोध निर्वाचित

काठमाडौं । नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

एमाले केन्द्रीय सदस्यमा खुला युवा क्लस्टरबाट नरेश रोकाय र सुशील थापा निर्विरोध

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा खुला युवा क्लस्टरबाट

एमालेबाट निर्वाचित चारै महानगरका उपमेयर केन्द्रीय सदस्यका उम्मेदवार

काठमाडौं । स्थानीय तह निर्वाचनमा देशभरका छ महानगरपालिकामध्ये चार वटामा

एमाले अध्यक्षमा ओली-पोखरेलबीच प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि दुई