२०८२, १ फाल्गुन शुक्रबार

एमालेमा महाधिवेशन प्रतिनिधि छनोटका सात मापदण्ड

एमालेमा महाधिवेशन प्रतिनिधि छनोटका सात मापदण्ड


काठमाडौं । नेकपा (एमाले)ले आउँदो ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोटमा सात वटा आधार लागू गर्ने भएको छ। यसका लागि पार्टीले अन्तरपार्टी निर्देशन (अपानी) जारी गरी मातहतका सबै कमिटीहरूलाई पठाएको छ।

मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि प्रतिनिधि छनोट मंसिर १३ गते देशभर एकै पटक हुनेछ। यसअघि नै सचिवालय बैठकले उक्त कार्यतालिका सार्वजनिक गरिसकेको थियो।

अपानीका अनुसार प्रतिनिधि छनोटका प्रमुख आधारहरू यसप्रकार छन्

  1. केन्द्रीय संगठन विभागले प्रमाणित गरेको सदस्यता विवरणका आधारमा मात्र प्रतिनिधि छनोट हुनेछ।
  2. सदस्यता स्थानान्तरण चाहनेले कात्तिक मसान्तभित्र नयाँ भूगोलमा दर्ता गरिसक्नुपर्नेछ।
  3. पदेन प्रतिनिधि रहेका आयोजकहरू छनोट प्रक्रियामा सहभागी हुन पाउने छैनन्।
  4. दलित र श्रमिक क्लस्टरका सदस्यहरूको विवरण जिल्ला र प्रदेश कमिटीले एक हप्ता अगाडि सार्वजनिक गर्नुपर्नेछ।
  5. जनसंगठनमा आवद्ध रहन चाहनेले भूगोल वा विशेष कमिटीबाट नाम अलग गर्नुपर्ने व्यवस्था गरिएको छ।
  6. विवाद वा अस्पष्टता भएमा प्रत्यक्ष केन्द्रीय संगठन विभागसँग सम्पर्क गर्न भनिएको छ।
  7. अधिक प्रतिनिधि पठाएमा मान्यता नदिने स्पष्ट प्रावधान राखिएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गर्नुभएको अपानी अहिले मातहतका कमिटीहरूमा पुगीरहेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार अपानी प्राप्त भएपछि जिल्ला कमिटीहरूले संघीय निर्वाचन क्षेत्रअनुसार प्रतिनिधि छनोट प्रक्रिया अघि बढाउने छन्।

महाधिवेशनमा केन्द्रीय सदस्य, विभिन्न निकाय, भूगोल, क्लस्टर र मनोनीत गरी २,१२७ जना प्रतिनिधि सहभागी हुनेछन्। छनोट भएका प्रतिनिधिले फोटोसहितको विवरण संगठन विभागले तोकेको ढाँचामा भरी केन्द्रीय कार्यालयमा पठाउनुपर्नेछ।

प्रकाशित मिति : २०८२, १९ कार्तिक बुधबार  १० : २९ बजे

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको