२०८३, १२ कार्तिक बिहीबार

भैरहवाको होटल निर्वाणामा गोली प्रहार, सुरक्षा गार्ड घाइते

भैरहवाको होटल निर्वाणामा गोली प्रहार, सुरक्षा गार्ड घाइते


भैरहवा । रूपन्देहीको भैरहवास्थित होटल निर्वाणामा सोमबार राति गोली प्रहार भएको छ। घटनामा होटलका सुरक्षा गार्ड मीनबहादुर परियार (२७) घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार घटना राति १ बजे तिर भएको हो। गार्ड परियारको तिघ्रामा गोली लागेको र उनलाई राति नै भीम अस्पताल भैरहवामा उपचारका लागि लगिएको थियो। अहिले उनी स्वास्थ्य लाभपछि घर फर्किसकेका छन्।

घाइते परियारका अनुसार होटल अगाडि केही व्यक्तिहरूबीच विवाद चलिरहेको बेला एउटा समूह होटल प्रवेश गर्न खोज्दा आफूले रोक्न खोजेपछि एक व्यक्तिले पेस्तोल निकालेर गोली प्रहार गरेका थिए। प्रहरीका प्रारम्भिक अनुमान अनुसार गोली चलाउने व्यक्ति क्यासिनो खेल्न आउने भारतीय नागरिक हुन सक्ने सम्भावना रहेको छ।

एसपी क्षेत्रीका अनुसार नेपाल–भारत सीमा बेलहिया क्षेत्रमा चेकजाँच कडाइ गरिएको छ र भारतीय प्रहरीसँग समन्वय गरी अपराधीको खोजी तीव्र पारिएको छ। तर, राति भरको प्रयासपछि पनि गोली प्रहार गर्ने व्यक्ति फेला परेको छैन। स्थानीयवासीका अनुसार घटनापछि होटल परिसर र वरिपरि सुरक्षा व्यवस्था कडाइ गरिएको छ।

प्रकाशित मिति : २०८२, १८ कार्तिक मंगलबार  १२ : १९ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता