२०८३, ८ भाद्र मंगलबार

भैरहवाको होटल निर्वाणामा गोली प्रहार, सुरक्षा गार्ड घाइते

भैरहवाको होटल निर्वाणामा गोली प्रहार, सुरक्षा गार्ड घाइते


भैरहवा । रूपन्देहीको भैरहवास्थित होटल निर्वाणामा सोमबार राति गोली प्रहार भएको छ। घटनामा होटलका सुरक्षा गार्ड मीनबहादुर परियार (२७) घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार घटना राति १ बजे तिर भएको हो। गार्ड परियारको तिघ्रामा गोली लागेको र उनलाई राति नै भीम अस्पताल भैरहवामा उपचारका लागि लगिएको थियो। अहिले उनी स्वास्थ्य लाभपछि घर फर्किसकेका छन्।

घाइते परियारका अनुसार होटल अगाडि केही व्यक्तिहरूबीच विवाद चलिरहेको बेला एउटा समूह होटल प्रवेश गर्न खोज्दा आफूले रोक्न खोजेपछि एक व्यक्तिले पेस्तोल निकालेर गोली प्रहार गरेका थिए। प्रहरीका प्रारम्भिक अनुमान अनुसार गोली चलाउने व्यक्ति क्यासिनो खेल्न आउने भारतीय नागरिक हुन सक्ने सम्भावना रहेको छ।

एसपी क्षेत्रीका अनुसार नेपाल–भारत सीमा बेलहिया क्षेत्रमा चेकजाँच कडाइ गरिएको छ र भारतीय प्रहरीसँग समन्वय गरी अपराधीको खोजी तीव्र पारिएको छ। तर, राति भरको प्रयासपछि पनि गोली प्रहार गर्ने व्यक्ति फेला परेको छैन। स्थानीयवासीका अनुसार घटनापछि होटल परिसर र वरिपरि सुरक्षा व्यवस्था कडाइ गरिएको छ।

प्रकाशित मिति : २०८२, १८ कार्तिक मंगलबार  १२ : १९ बजे

कांग्रेसको बहिष्कारबीच थापाले जोगाए बागमतीको सत्ता, राप्रपाका ७ सांसद निर्णायक

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र